FAQs Complain Problems

नगरप्रमुख सरावगीद्धारा निशुल्क स्वास्थ्य शिबिर उदघाटन

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले समाजवादी पार्टी राजनितिकसंगै जनताको हरेक सुखदुखमा सहभागी हुने पार्टी भएको  बताउनु भएको छ ।समाजवादी पार्टी वीरगन्ज महानगरपालिका वडा  नम्बर १०द्धारा आयोजित  निशुल्क आंख तथा दात उपचार शिविरको उदघाटन गर्दै नगर प्रमुख सरावगीले यस्ता धारणा व्यक्त गर्नुभएको हो । व्यक्तिगत स्वार्थ भन्दापनि समाजवादी पार्टीका नेता तथा कार्यकर्ता जनसेवाको भावनालेनै सधै राजनिति गर्दै आएको कार्यक्रममा बताउनु भएको थियो। जनताको स्वाथ्य शिविर होस वा प्राकृतिक विपदा वाढिपिडितहरुको सेवा होस  आफु जनताको   सबै र सधै हरेक सुखदुखमा साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।पर्टीले आयोजना गरेको निशुल्क आंख र दात शिविरले स्थानियलाई सेवा पुग्ने आशा व्यक्त गर्दै नगर प्रमुख सरावगीले यस्ता शिविरहरुको आयोजना आफनो अग्रसरतामा निरन्तर भइरहेकको आश्वासन समेत व्यक्त गर्नूभएको थियो ।समाजवादी पार्टी वडा नम्बर १०का नेता प्रेमचन्द्र प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको उक्त स्थास्थ्य शिविरको उदघान कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य पुरुषोत्मलाल झा,शशिकपुर मिया ,वडा अध्यक्ष नगीना प्रसाद साह,नगर अध्यक्ष इश्वार यादव,नगर प्रमुखका राजनैतिक सल्लाहकार मुकेश द्धिवेदी,तबरेज अहमद,चिकित्सक सन्तोष ठाकुर,स्वाथ् य कर्मि स्वाती रानी गुप्ता लगायतका नेता तथा व्यक्तित्वहरुको उपस्थिी रहेको थियो ।