FAQs Complain Problems

नगर प्रमुख सरावगीद्धारा समाज सेवा समितिको भवन उदघाटन र सबै अपुरोविकास निर्माण योजनाहरु सम्पन्न हुदै

वीरगन्ज महानगरपालिनकाका नगर प्रमुख बिजय कुमार सरावगीले  जनप्रतिनिधिहरु महानगरपालिकामा आएपछि विगतमा अपुरो रहेका सबै बिकासनिमार्णका योजनाहरु पुरा भइरहेको बताउनु  भएको छ । महानगरपालिकाको वडा नम्बर ५मा निर्माण भएको समाज सेवा समितिको भवन उदघाटन गर्दै  नगरप्रमुख सरावगीले बर्षै देखि अधुरोरहेका ठुला विकासनिर्माणहरु जनप्रतिनिहरुको अथक प्रयासबाट सम्पन्न भइरहेको बताउनु भएको छ ।भवन उदघाटन कार्यक्रममा बोल्दै उहाले नयाबसपार्क,लेन्डफिल्डसाइट,प्रशोधित पानि निर्माण केन्द्र लगायत अपुरोध रहेका पुराना विकासका कार्यहरु सम्पन्न हुनुका साथै उज्यालो विरगन्ज ,घन्टाघरको खाली जग्गामा अत्याधुनिकपार्क निर्माण लगायत दर्जनौ विकास निर्माणका  योजनाहरु सुरु हुन गइरहेको बताउनु भयो ।विगत २०बर्ष देखि जनप्रतिनिधि विहिन रहेको महानगरपालिकालाई व्यवस्थीत गर्ने कार्य भइरहेको बताउदै उहाले वीरगन्ज महानगरपालिकाले लगभग ५सय साना विकास निर्माणका योजनाहरु लागु गरिएको बताउनु भयो ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रदिप चौरसियाले वडावासीको अपेक्षा अनुसार आफुहरुले काम गरिरहेको बताउदै विकास निमार्णमा कहि कतै अनिमितता भएको छ भने आफुलाई निस्कोंच जानकारी गराउन नगरवासीलाई अनुरोध गर्नुभयो ।महानगरपाकिामै वडा नम्बर सबै भन्दा सानो वडा भएकोले यो वडालाई उदाहरणीय वडा बनाउनु नगर प्रमुख सरावगीलाई अनुरोध समेत गर्नु भयो ।समाज सेवा समितिका अध्यक्ष श्रवण बहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न भएको भवन उदघाटन कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक निर्मल पनेरु,पुर्व वडाअध्यक्ष प्रदिप सिह ठकुरी,समाज सेवा समितिका पुर्व अध्यक्ष दशरथ साह लगायतका व्यक्तिहरुले भवन निर्माण कार्य धेरै पहिला सुरु भएपनि अहिले पुर्णता पाएकोमा नगर प्रमुख र वडा अध्यक्षलाई बिशेष धन्यवाद व्यक्त गरेका थिए ।