FAQs Complain Problems

निर्मााण योजनाले तिब्रता लिएपछि नगरलाई स्थानियद्धारा धन्यवाद व्यक्त

वीरगन्ज २ मंसिर ।
 महानगरपालिकाको जनप्रतिनिधिहरुको  सक्रियता पछि संधन सहरी योजनाले तिब्रता लिएको छ । नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षमा  बसेको त्रिपक्षीय बैठकले सधन सहरीयोनालाई तिब्रता दिने निर्णय पश्चात  महानगरपालिका मित्र रहेका सडक तथा नाला निर्माण कार्यलाई तिब्रता दिइएको हो । महानगरपालिकाका जनप्रतिनिधि, सधन सहरी एवम भवन कार्यालय र ठेक्केदार पक्ष विच भएको छलफलमा आइएहेका सवै अवरोधहरुलाई बल पुर्वक समाधान गर्ने सहमती भएको थियो । स्थानिय वडा वासिहरुद्धारा उत्पन्न गरिएको अवरोधहरुलाई अबिलम्ब समाधान गर्न वडाअध्यक्षहरुलाई नगर प्रमुख सरावगीले दिएको निर्देशन पक्ष्चात निर्माण कार्यमा तिब्रता आएको हो ।
यसैगरी महानगरपालिकालाई जिल्लासगं जोडने महानगरपालिकाको मुटुकै रुपमा रहेको  घण्टाघर  ᳔ रानीघाट हुदै रामगढमामा हुलाकि सडकसगं जोडने सडक तथा नाला निर्माणको  कामले तिब्रता पाएको छ । ठेकदारले  निर्माणठेक्का लिएको तिन बर्षसम्म पनि बाटो निर्माणका कार्यलार्य सुरु नगरेको कारण जिल्लाको ग्रामिण भेगबाट आवागमन गर्ने सवारी एवम जिल्लावासीलाई ठुलो सास्ती भोगनु परेको थियो ।    रानीघाटका स्थानियहरुले नगरप्रमुख विजयकुमार सरावगीलाई गुनासो गरेपछि   सरावगीको पहलमा वीरगन्जको घण्टाघर देखि रानीघाटको पुल जाने बाटो निर्माणका  कामले तिब्रता पाएको हो । काम सुरु भएको देखेर रानीघाटका स्थानियहरु  चौकमा जम्मा भई नगरप्रमुख सरावगीलाई धन्यबाद समेत दिएका छन ।