FAQs Complain Problems

प्रेस विज्ञप्ती

वीरगंज महानगरपालिकाले बसपार्क टर्मिनल संचालन तथा ब्यवस्थापन गर्न सार्वजनिक, निजी साझेदारी अन्तरगत प्रस्ताव आब्हान गरेकोमा निजी क्षेत्रबाट तीन वटा प्रस्ताव परेको तर दुईवटा कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत भएपछि सोही अनुसार आर्थिक प्रस्तावको मूल्यांकन गर्दा प्राविधिक तथा आर्थिक प्रस्ताव दुवैको अंक जोडदा उच्चतम अंक प्राप्त गर्ने एन.के ईन्टरनेसनल प्रा.लि.लाई प्रस्ताव स्वीकृतका लागि आसयको सूचना जारी गरिएको विषयलाई लिएर विभिन्न पत्रपत्रिका र अनलाइनमा आएका समाचार प्रति वीरगंज महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । महानगरपालिका कार्यालय, जनप्रतिनिधि र कर्मचारीको वारेमा कपोकल्पीत आरोप लगाई पत्रकारिताको मूल्यमान्यता विपरित वाहिर आएका समाचार प्रति महानगरपालिका दुख ब्यक्त गर्दछ ।
वीरगंज महानगरपालिकाले बसपार्क टर्मिनलको ब्यवस्थापन, संचालन तथा शुल्क संकलन कार्य वीरगंज महानगरपालिकाको सार्वजनिक निजी साझेदारी सम्वन्धमा ब्यवस्था गर्न वनेको ऐन २०७५, सार्वजनिक साझेदारी नीति २०७२ र सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ को प्रचलित कानुनको अधिनमा रही आब्हान गरिएको प्रस्तावमा निजी क्षेत्रबाट पेशभएका प्रस्तावहरुको प्राविधिक र आर्थिक मूल्यांकनका आधारमा उच्चतम अंक प्राप्त गर्ने कम्पनी एन.के. ईन्टरनेशनल प्रा.लि.को प्रस्ताव स्वीकृत गर्ने आशय सहितको सूचना जारी गरेको छ । महानगरपालिकाले प्रचलित कानुन अनुसार कार्य सम्पादन गर्ने हुदाँ केही संचार माध्यममा आएका विषय प्रति भ्रममा नपर्न सम्पूर्ण नगरवासीमा अनुरोध गर्दछौ ।
पत्रकारिताको माध्यमले आम नागरिकलाई सत्य तथ्य सुचना दिनु पर्नेमा हुदै नभएको र भ्रामक विषयलाई अतिरंजना पूर्ण तरीकाले प्रचार गर्न खोजिनु पत्रकारिताको मूल्यमान्यता विपरित रहेको स्पष्ट पार्न चाहन्छौ । नगरवासीको विश्वासको केन्द्रको रुपमा रहेको महानगरपालिका र जनप्रतिनिधी विरुद्ध अविश्वास पैदा गर्ने खालका सामाग्री प्रचार प्रसार नगर्न सम्पूर्ण संचार माध्यमलाई हार्दिक अपिल गर्दछौ।  

                                                                                               सन्तोष तिवारी
                                                                                                  प्रवक्ता