FAQs Complain Problems

बाताबरण प्रदूषण गर्ने उधोगलाई कार्यवाहि गर्ने जिम्मा वडाअध्यक्षलाई

वीरगन्ज महानगरपालिका भित्र  बाताबरणलाई प्रदूषित  गर्ने उधोगहरुलाई कार्यवाहि गर्ने जिम्मा वडा अध्यक्षहरुलाई दिइएको छ । पटक पटक अनुरोध गरेपनि महानगरमा रहेका  नदी तथा खुला ठाउहरुमो प्रदूषित पानि,छाइ लागयत अन्य केमिकलयुक्त ठोष पर्दाथ र चिमनीभट्ठीबाट कालो  प्रदूषित हावा जथ्थाभावीरुपमा फालेरका कारण बाताबरण प्रदूषित गर्ने उधोगहरुलाई कार्यवाहिको जिम्मा वडा अध्यक्षहरुलाई दिएको हो । महानगरपालिका भित्र रहेका  उधोगहरुले अटेरी गरेपछि महानगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबार दिउसो वसेको  बैठकले बाताबरण प्रदूषणको  बारेमा निगरानिलाई कडा बनाउनुको साथै ठोष वा तरल कुनै प्रकारको प्रदूषीण पदार्थहरु उत्सर्जित गर्ने उधोगको ,अवलोकण गरी  कानुन बमोजिम कार्यवाहि गर्न महानगरपालिकामा सिफारिस गर्ने सम्पुर्ण जिम्मेवारी  ३२वटै वडा अध्यक्षहरुलाई दिएको छ । वडा अध्यक्षहरुले गरेको सिफारिसको आधारमा कानुन  कडा भन्दा कडा कार्यवाहि गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा महानगरपालिकाले अनुरोध गरी  कार्यवाहि अगाडि बढाउने निर्णय  गरिएको जनाएको छ ।छठको समयमा सिरिसिया नदि केहि दिनको लागी प्रदूषण मुक्त भएपनि उधोगहरुको अटेरीका कारण पुन प्रदूषित बने पछि महानगरपालिकाले निगरानि सहित कार्यवाहिको लागी यस्तो जिम्मेवारी वडा अध्यक्षहरुलाई दिएको हो ।