FAQs Complain Problems

बिद्यालयको पहुच बाहिर कुनैपनि बालवालिका रहनु हुदैन :- नगर प्रमुख विजय कुमार सरावगी

वीरगन्ज,भदौ ३०
शिक्षा पाउने अधिकार सबै बालवालिकाको  भएकोले बिद्यालयको पहुच बाहिर कुनैपनि बालवालिका  रहनु नपर्ने धारण वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले व्यक्त गर्नुभएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १ मा रहेको पन्डित रामदेनी तिवारी आधारभुत बिद्यालयमा आयोजित पढाइ मेला कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो धारणा व्यक्त गर्नुभएको हो । आजको बालवालिका नै भबिष्यको कर्णाधार भएकोले सबै बालवालिका विद्यालय जानु पर्ने बताउदै उहाले  प्रारम्भिक पढाइबाट नै बालवालिकाहरुको भबिष्य बलियो हुने भएकोले गुणस्तीयतामा ध्यान पुर्याउन शिक्षक शिक्षिकाहरुलाई अनुरोध  गर्नुभयो ।कार्यक्रमका बिशिष्ट अतिथि उपप्रमुख सुश्री शान्ति कार्किले विद्यालयको भौतिक संरचना पुरानो भएकोले महानगरपालिकाबाट हुने सहयोग प्रदान गर्न नगर प्रमुखलाई आग्रह गर्नुभयो ।उहाले शिक्षा र स्वास्थय क्षेत्रबाट महानगवासिलाई प्रदान गरिने सेवालाई महानगरपालिका आउने दिनमा अझ तदारुकताका साथ अगाडि बढने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी तथा विशिष्ट अतिथि लगायतका पदाधिकारीहरुद्धारा कक्षा १ देखि ३का विभिन्न क्षेत्रमा उत्कृष्टता प्राप्त गर्ने  ३०जना छात्रछात्राहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।सार्थ बिद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने चन्दादाता एवम शिक्षा प्रेमी राम सर्राफ,वडाअध्यक्ष मनोज कुमार गुप्ता,श्रीकृष्ण कुमार पान्डे,इब्राहिम देवान,बिजय सहनी र प्रधानाध्यापक चन्देश कुमार चौहानलाई कार्यक्रममा सम्मान गरिएको थियो । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण कुमार पान्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रधाना ध्यापक चन्देश कुमार चौहानले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।