FAQs Complain Problems

महानगरपालिकामा भइरहेको विकास निर्माणहरुको अनुगमन अवलोकन गुण स्तरियतामा कुनै समझौता नगरिने कार्यकारी प्रमुख बस्नेतको दावी

वीरगन्ज,असार २३ 
वीरगन्ज महानगरपालिकामा  सन्चालित विभिन्न विकास निर्माणका योजनाहरुको सोमबार स्थलत अवलोकन गएिएकोछ । वीरगन्ज महानगरपालिकाका कार्यकारी प्रमुख उमेश बस्नेतको नेतृत्वमा कर्मचारी , प्राविधीक , जनप्रतिनिधी र सन्चारकर्मीहरु सम्मिलित टोलीले विभिन्न वडामा भइरहेको विकास निर्माणका ठुला तथा साना योजनाहरुको स्थलगत अनुगमन अवलोकन गरेको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा निर्माण भइरहेको मुसहर समुदायको एकीकृत नमुना वस्ती , वडा नम्बर १७  अलौमा निर्माणिधीन पोखरी र मन्दिर, वडा नम्बर २५ मौजे सिरिसियामा निर्माणधिन सामुदायीक धर्मशाला एंव विवाह भवन , वडा कार्यालय भवन र अन्य वडाहरुमा निर्माण गरिएको सडक कालो पत्रेको सोमबार बिहान स्थलगत अवलोकन गरिएको हो । विकास निर्माणका योजनाहरुको अवलोकनका क्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत उमेश वस्नेतले वीरगन्ज महानगरपालिका क्षेत्रमा चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भइसकेका र अहिले निर्माणाधीन अवस्थामा  विकास निर्माणका योजनाहरुको अवस्था सन्तोषजनक रहेको बताउनुभयो ।उहाले वीरगन्ज महानगरपालिकाले विकास निर्माणको गुणस्तरियतामा जोड दिदै आएको बताउदै त्यसमा कुनैपनि प्रकारको समझौता नगरिने बताउनु भयो ।महानगर , संघ वा प्रदेश जुन सुकै बजेटबाट विकास निर्माणको कार्यभएपनि महानगरमा निर्माणाधीन विकास निर्माणको योजनाहरुको महानगरपालिकाबाट निरन्तर निरिक्षण एवम अनुगमन गर्दै आएको भन्दै उहाले गुणस्तरमा भने महानगरपालिकाले कुनै सम्झौता नगर्ने गरेको जिकिर गर्नु भयो । महानगर क्षेत्रमा भइरहेका विकास निर्माणका कामममा जनप्रतिनिधी र स्थानीयवासीले पनि निगरानी राख्नु पर्नेमा उहाले जोड दिनुभयो । अवलोकन टोलीमा प्रमुख प्रशासकीय अधिकृत बस्नेतका साथै  कार्यपालिका सदस्य सुशिल साह कानु , महानगरपालिकाको योजना महााशखा प्रमुख अखलाक सिद्धिकीका साथै योजनामहाशाखाका इन्जिनियद्धय हेमन्त बर्मा र रबिकेश झा लगायत  सन्चारकर्मीहरुको सहभागीता रहेको थियो ।