FAQs Complain Problems

वीरगन्ज महानगरपालिकाको टालीलाई भरतपुरमा भब्यस्वागत

वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको टाली भरतपुर महानगर पालिकाको  भ्रमण गरी त्यहा भइरहेको काम कार्यवाहिको बारेमा जानकारी आदा प्रदान गरेको छ । वडाअध्यक्ष तथा महानगरपालिकाको विभिन्न महाशाखाहरुमा कार्यरत कर्मचारीको टोलीले  भरतपुर महानगरपालिकाको वडा कार्यालय र महानगरको अध्यन अवलोकन भ्रमण गरेको हो ।  
     वडा अध्यक्ष प्रद्युन्न सेढाई, रामदरस प्रसाद , प्रदीप चौरसीया    बैजु सरार्फ तथा अधिकृत प्रतिज्ञा बैद्य, विकास मिश्र, रुपनारायण राउत र  अधिकृत माया थापा सहभागी भएको  टोलीले भरतपुर महानगरपालिका वडा नं. ६ र ७ को कार्यालयमा पुगी त्यहाँका वडा अध्यक्ष सहित जनप्रतिनिधी र कर्मचारीसँग विभिन्न क्षेत्रमा भइरहेको विकास निर्माण एवम सेवाग्राहिहरुलाई प्रदान गरिएको सेवा एवम कार्यालय सचांलनको बारेमा  स्थलगत अनुभव हासिल गरेको थियो ।
      वीरगन्ज महानगरपालिकाको टोली भरतपुर महानगरपालिकाको वडा नंं. ७ मा पुग्दा वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले, वडासदस्य लगाएत कर्मचारीहरु, टोलसुधार र मेलमिलाप समितिका पदाधिकारीहरुले भव्य स्वागत गरेका थिए । त्यसैगरी वडा नं. ६ का अध्यक्ष हरिविलाश कोइराला, वडा सदस्यहरु, वडा सचिव, इन्जीनियर, मेलमिलाप समिति लगाएतका पदाधिकारीले वीरगन्ज महानगरपालिकाको टालीलाई  स्वागत गरेको थियो ।वीरगन्जबाट गएको टालीको सहजीकरण  प्रेस सल्लाहकार  गोविन्द देवकोटाले गर्नुभएको थियो ।    
      यसैगरी भरतपुर महानगरपालिका कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत नेत्र सुवेदी, प्रवक्ता तथा वडा नं. १० का अध्यक्ष अरुणपिडित भण्डारी, वडा नंंं. ३, ५, ११ र १९ का वडा अध्यक्ष लगाएत कर्मचारीहरुले महानगरपालिकाको सेवा र विकास निमार्णका जनसभागीका सन्दर्भमा नेपालमानै उक्त महानगरपालिका अगाडी रहेको जानकारी गराउनु भएको थियो ।   महानगरापकिा प्रमुख प्रशासकिय अधिकृत नेत्र सुवेदीले भरतपुर महानगरपालिका अन्र्तगत 
     कृषी ब्यवसाय आधुनिकरण ः पोल्ट्री ब्यवसाय, डेरी उद्योग, अन्न भण्डारण केन्द्र ।  कुल वजेट ३ अर्व ३४ करोड, सर्शत अनुदान संघिय सरकारबाट ७७.५८ करोड, प्रदेश सरकारबाट १३.७८ करोड, समानीकरण अनुदान संघिय सरकारले ४६.३५ करोड, प्रदेश सरकारले १.४४ करोड, राजश्व बाँडफाँड संघिय सरकारबाट २७.५९ करोड, प्रदेश सरकारबाट १५.३३ करोड, अन्य अनुदान ६.५ करोड, आन्तरीक स्रोत ८५.४८ करोड । 
         सुशासन प्रर्वद्धनको लागि गरिएको प्रयास गुनासो सुन्ने अधिकारी, सूचना अधिकारी र प्रवक्ता तोकिएको ।टोल फ्रि नं. संचालन गरिएको । सुझाव पेटिका राखिएको ।सम्पति कर हरेक वडाबाट संकलन गर्ने कार्य द्रुतगतिमा भइरहेको। अनलाइन घटना दर्ता गरिएको । इ विडिङ्ग लागु गरिएको । चौमासिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको । विधुतिय हाजीरीको व्यवस्था गरिएको जानकारी गराउनु भएको थियो 
     वीरगन्ज महानगरपालिकाबाट गएको टालीले भरपुर महानगरपालिकाबाट प्रदान भइरहेको सेवा तथा विकासको बारेमा गर्नुभएको महत्वपुर्ण अनुभवहरु, वडा कार्यालयहरु भौतिक पूर्वाधार र कर्मचारीको ब्यवस्थापन राम्रो रहेको, एक हजार स्वायर फिट क्षेत्रफल सम्मको नक्सा पासको अधिकार वडा कार्यालयलाई दिएको, एकजना इन्जीनियर र तीन जन ओभरसियर रहेको टिमले चार वटा वडामा पुगेर नक्सा पास गर्ने गरेको ,  एकसय घरधुरी वरावर एउटा टोल समिति रहेको , एउटा वडामा कम्तीमा २५ देखि वढीमा ३२ वटा सम्म टोल विकास समिति गठन भएको वडा अध्यक्ष प्रद्युमन सेढाईले बताउनु  भयो 
    यसैगरी गाउँघरमा हुने झगडाहरु मेलमिलाप समितिले हेर्ने गरेको र मेलमिलापबाट समाधान हुन नसक्ने मुद्धाहरु नगरपालिकामा रहेको मेलमिलापमा पठाउने गरेको,सडक निमार्णको गुणस्तर चेकजाँच गर्न एउटा विधिविज्ञान प्रयोगशाला नगरपालिका भित्र स्थापन गरिएको ,  
 यसैगरी त्यमहानगरपालिकामा हरेक हप्ता जनप्रतिनिधी र टोलसुधार समितिहरुले आफ्नो वडाहरु सरसफाई गर्ने गरेको , छ मिटर भन्दा माथिका सडकलाई मात्र पिच गर्ने गरेको , सो भन्दा सानो सडकलाई ढलाई गर्ने गरेको  सार्वजनीक जग्गा खोजविन समितिले ६८ विगा जमिन खोजी गरि नगरपालिकाको नाउँमा ल्याईएको कार्यहरु सराहनिय भएको  टोलीमा सहभागी एक जना अधिकृतले बताउनु भयो