FAQs Complain Problems

वीरगन्ज महानगरपालिकाद्वारा ४ अर्ब ४८ करोडको बजेट प्रस्तुत

 

सोमबार देखि शुरु भएको पाचौ नगरसभामा वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष बर्ष २०७६÷०७७ को लागि ४ अर्ब ४८ करोडको बजेट  प्रस्तुत गरेको छ । 
नगरसभामा महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आगामी आर्थिक बर्षका लागि ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार ८ सय ७९ को बजेट प्रस्तुत गर्नुभएको हो।
 प्रस्तुत बजेटमा चालू तर्फ १ अर्ब ३८ करोड २४ लाख ३७ हजार, पुँजीगत तर्फ ३ अर्ब ३ करोड ८९ लाख ११ हजार, र वित्तीय व्यवस्था तर्फ ६ करोड रकम खर्च हुने अनुमान गरिएको छ । 
यसैगरि आगामी आर्थिक वर्षमा कूल खर्च मध्ये सबै भन्दा बढि पूर्वाधार विकास क्षेत्रमा  २ अर्व ९४ करोड २८ लाख ५८ हजार ६ सय ७९ रुपैंया खर्च हुने अनुमान रहेको महानगरपालिकाले जनाएको छ । यस्तै आर्थिक विकास क्षेत्रमा  २ करोड ३४ लाख ७० हजार, सामाजिक विकास क्षेत्रमा  ७१ करोड ८२ लाख ७२ हजार र कार्यालय संचलन तर्फ  ७६ करोड ३४ लाख ६८ हजार ८ सय खर्च हुने अनुमान गरिएको  छ । 
 महानगरपालिकाले आगामी वर्ष संचालन हुने मुख्य आयोजनाहरुमा ग्रामीण सहरी विकास परियोजना (च्ग्म्ए) तथा मझौला सहर एकीकृत सहरी वातवरणीय सुधार आयोजना (क्त्क्ष्ग्भ्क्ष्ए) का लागि २ अर्ब २८ करोड ४२ लाख २१ हजार ९ सय ९३, वडा स्तरीय योजनाका लागि  १९ करोड ७० लाख,  समपुरक कोषमा  २३ करोड १२ लाख ८ हजार ८ सय ५६, लक्षित कार्यक्रमका लागि १ करोड ५० लाख, तराई मधेश समृद्धि कार्यक्रममा  १ करोड ४० लाख, सडक बोर्ड कार्यक्रममा  १ करोड ५० लाख, बहुक्षेत्रिय पोषण कार्यक्रममा २० लाख, सामाजिका सुरक्षा भत्तामा २० करोड, उज्यालो वीरगंज कार्यक्रमका लागि  ३ करोड ,  शैक्षिक विकास तर्फ ५२ करोड ४१ लाख ६४ हजार र  स्वास्थ्य तर्फ  १० करोड ७५ लाख २७ हजार र जनसहभागितामा आधारित कार्यक्रम तर्फ ४ करोडको बजेट व्यवस्था मिलाइएको नगर प्रमुख सरावगीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । 
महानगरपालिकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको अनुमानित खर्चको श्रोत मध्ये संघीय सरकारको वित्तीय समानीकरणबाट  ४४ करोड १४ लाख, राजश्व वाँडफाँडबाट . २६ करोड ७४ लाख र सशर्त अनुदानबाट  ६१ करोड २३ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
 त्यसै गरि प्रदेश सरकारबाट वित्तीय समानिकरणमा. १ करोड १५ लाख ७३ हजार, सशर्त अनुदान तर्फ ३ करोड, राजश्व बाँडफाँड तर्फ सवारी साधनबाट  ३ करोड १४ लाख ४ हजार, घर जग्गा रजिष्ट्रेशन तर्फबाट  ६ करोड, सरसफाई सेवा शुल्कबाट  १ करोड ५५ लाख १८ हजार, नगर विकास अनुदानबाट  २ अर्व २० करोड ६५ लाख १० हजार १ सय ६०, नगर विकास ऋणबाट  ७ करोड ७७ लाख ११ हजार ८ सय ३३, सडक बोर्डबाट  १ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ । 
आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनका लागि वीरगन्ज महानगरपालिकाले सडक पूर्वाधारहरुको विकास तथा स्तरोन्नती, आधारभूत तथा माध्यमिक शिक्षा र सोको गुणस्तर सुधार, आधारभूत स्वास्थ्य, खोप र पोषण, स्वच्छ खानेपानी, ढल तथा सरसफाई, कृषि, सिंचाई, पशुपालन र पर्यटन, युवा तथा खेलकुदको विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सुशासन र सेवा प्रवाह, अधुरा आयोजनाहरुको कार्यान्वयन, उज्यालो वीरगंज अभियान, हरित वीरगंज अभियान, प्लाष्टिक तथा ध्वनी प्रदुषण मुक्त वीरगंजलाई प्राथामिकता दिएको छ । 
 महानगरपालिकाले आगामी आर्थिक बर्ष देखि एकिकृत सम्पतिकर हटाई घर र घरले चर्चेको बढीमा दुईगुणा जग्गामा सम्पति कर र खालि जग्गामा भूमि कर (मालपोत) लगाईने, घर बहाल कर १२ प्रतिशतले लाग्दै आएकोमा आगामी आर्थिक बर्ष देखि १० प्रतिशत मात्र लिइने, व्यवसाय करलाई समसामयिक र व्यवहारिक बनाई हालसम्म दर्ता नभएका तथा दर्ता भएका तर नविकरण नभएका व्यवसायका लागि २०७६ असोज भित्र दर्ता हुन आउनेलाई विगत ३ वर्षको व्यवसाय कर मात्र लिई जरिवानामा छुट गर्ने जनाएको छ । 
 त्यस्तै सवारी व्यवस्थापन शुल्क यथावत कायम गर्दै निजी सवारी साधनमा पटके शुल्क हटाईएको छ । गैर सरकारी संघ संस्थाहरुलाई लगाइदै आएको व्यवसाय कर ३ हजार खारेज गरि सूचीकृत शुल्क मात्र लिइने महानगरपालिकाले जनाएको छ । 
सोमबार देखि शुरु नगरसभा अधिवेशनमा नगर प्रमुख सरावगीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेटका विषयमा मङगलवार सम्म छलफल चल्ने बताइएको छ ।
  मङगलवार नै नगरसभा अधिवेशन सकिने छ । सोमबार नगरसभा अधिवेशनको उद्घाटन समारोहमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव , प्रदेशसभा सदस्यहरु ओम प्रकाश शर्मा , विभा यादव र करिमा बेगम , उपप्रमुख शान्ति कार्की , सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती थियो । 
        उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै , प्रदेश सभा प्रतिनिधी ओमप्रकास शर्मा, करिमा बेगम, भिमा यादव लगायतका वक्ताहरुले महानगरपालिकाले प्रस्तुत गरेको बजेट धेरै राम्रो भएको बताउदै यसको कार्यान्वयनमा जोड दिनु मुख्य आवश्यकता भएको बताउनु भएको थियो ।