FAQs Complain Problems

सूचना

 

 

वीरगंजका केहि FM हरुबाट हिउँदे बिदा भनि जिल्ला भरिको सम्पूर्ण विधालयहरु बन्द रहने बारे सूचना प्रकाशन सम्बन्धमा वीरगंज महानगरपालिकाको ध्यानाकर्षण भएको छ। वीरगंज महानगरपालिकाले विधालय संचालनको लागि वार्षिक क्यालेन्डर प्रकाशित गरेको र सो मा उल्लेख भए अनुसार यस महानगरको पूर्व सूचना वा सम्बन्धित विधालय व्यवस्थापन समितिको अग्रिम निर्णय बेगर विधालय बन्द नगर्ने सबैमा अनुरोध छ।

 

वीरगंज महानगरपालिका

शैक्षिक प्रशासन महाशाखा