FAQs Complain Problems

नगरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी सम्बन्धि बैठक

आज मिति २०७१ कातिक २३ गते बिरगंज उप महानगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद कोइरालाको अध्यक्षतामा वडा सचिवहरु र सामाजिक परिचालकह्रु सहभागी  बैठकले निम्न लिखित निर्णयहरु गरेको छ ।

निर्णयहरु :
१. बिरगंज उपमहानगरपालिका क्षेत्रका सबै वडाहरु लाई क्रमशः खुल्ला दिशामुक्त  क्षेत्र  घोषणा  गर्ने तयारी सन्दर्भमा प्रत्येक वडालाई ०७१ मंसिर महिनमा रु १००००।– का दरले रकम उपलब्ध गराउने  र प्रत्येक  वडाले तत् सम्बन्धी आवश्यक पूर्वाधार समेतको अध्यन गरी  वडा समितीले  ३महिनाको  कार्ययोजना बनाई तोकिएको मिती भित्र तोकिएको कार्य सम्यन्त्र भए/नभएको  प्रगती सम्बन्धी बिवरण  मासिक रुपमा बैठकको आयोजना गरी समिक्षा गर्ने  निर्णय गरियो ।
२. आ–आफ्नो वडामा रहेको सरकारी तथा निजी बिधालय र संघ/संस्थाहरुलाई  आ–आफ्नो क्षेत्रको सरसफाई गर्ने तथा अनिवार्य रुपमा शौचालय निर्माण गर्न वडा समितीका कार्यालयहरुबाट पत्रचार गर्ने र सो अनुसार भए/नभएको  अनुगमन गरी  न.पा.लाई जानकारी गराउने निर्णय गरियो ।