FAQs Complain Problems

नगर प्रमुख विजय कुमार सरावगी ज्युले गर्नुभयो नरसिंह मा वि भवनको शिलान्यास

वीरगन्ज,मंसिर ६
वीरगन्जको  पिपरा स्थित नरसिंह माध्यमिक विद्यालयको नव निर्मित भवनको शिलान्यास वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले गर्नुभएको छ । बिहिबार मध्यान एक कार्यक्रमबिच विद्यालय प्रागंनसगै रहको जग्गामा बैदिकविधि अनुसार पुजापाठ गर्दै  नगर प्रमुख सरावगीले भवनको शिलान्यास गर्नुभएको हो । ३ कठा १० धुर जग्गामा निर्माण हुने नवनिर्मित  तिनतल्ला भवनमा ३० वटा अत्याधुनिक कोठाहरु निर्माण गरिने  योजना प्रमुख शैलेन्द्र श्रेष्ठले बताउनु भयो । क्षेत्रीय अर्बन विकास परियोजना (आरयुडिपि) अन्तर्गत ६ करोडको लागतमा निर्माण हुने  भवनको ठेक्का जेटिएसजे र कालिका निर्माण कम्पनिले ज्वान्टभेर्चर रुपमा लिएको छ । एशियन विकास बैंक,नेपाल सरकार र वीरगन्ज महानगरपालिकाको लगानिमा निर्माण भइरहेको यो भवन जिल्लाकै नमुना विद्यालयको रुपमा निर्माण हुने नगर प्रमुख सरावगीले बताउनु  भयो । उहाले विरगंज महानगरपालिकाको अथक पहल पछि निर्माण हुन गइरहेको बताउनु भयो । निर्माण हुन गइरहेको  भवनमा कक्षाकोठा,पुस्कालय ,कम्पीयुटर तथा विज्ञान प्राविधिक प्रयोगशाला लगायतका सबै अत्याधुनिक कक्षहरु संचालन गर्नसकिने  व्यवस्था गरिएको नगर प्रमुख सरावगीले शिलान्यास कार्यक्रममा बताउनु भयो ।विद्यालय भवन निर्माण भइसकेपछि दशकौं देखि अधुरो रहेको सेकेन्ड इनरवाइपास सडकलाई पुर्णता दिन सहिने भएको र विद्यालयलाई व्यवस्थीत हुनेभएकोले बताउदै यसबाट यसक्षेत्रमा राम्रो सन्देश गएको  नगरसिहं माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम नेपालीकाँग्रेसका  नेता रामनारायण कुर्मिले बताउनु भयो । शिलान्यास कार्यक्रममा विरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख उपसचिव शिव प्रसाद लम्साल एवम सबै महाशाखा प्रमखु, सबैवडा अध्यक्ष  पिपरा तथा लक्षुमनवा गाउमा अगुवा दलप्रतिनिधि र नरसिंह माध्यमिक विद्यायका प्रधानाध्यपक तथा शिक्षक ,शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।