FAQs Complain Problems

लिएको शिपलाई रोजगार मुखि बनाउन नगर प्रमुखको आव्हान

वीरगन्ज,मंसिर ४
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले तालिमबाट लिएको शिपलाई रोजगारमुखि बनाउनु अनुरोध गर्नुभएको छ । उहाले तालिम लिए पछि त्यसलाई अनिवार्य रुपमा रोजगार मुखी बनाउदै परिवारको आर्थिक श्रोतको रुपमा प्रयोग गर्न युवाहरुलाई अनुरोध गर्नुभयो । वीरगन्ज सृजनशिल व्यवसाय तालिम केन्द्रले आयोजना गरेको प्रमाण पत्र बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो धारणा व्यक्त गर्नुभएको हो । वीरगन्ज महानगरपालिका र वीरगन्ज उधोग वाणिज्य सघंको आर्थिक सहयोगमा  लघु ब्यवसाय विकास कोष पर्साद्धारा संचालित अनौपचारिक क्षेत्रमा सिप बिकास तथा रोजगारी कार्यक्रममा सहमागी प्रशिक्षार्थी युवाहरुलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले आफुले लिएको तालिमलाई व्यवहारमा उतार्दै आय आर्जनको श्रोत बनाउनुका साथै अरु युवालाई पनि उक्त शिप सिकाउन अनुरोध गर्नुभयो ।उहाले तालिमबाट प्राप्त प्रविधिक शिपको गुणात्मक विकासले मात्र युवाहरुमा रहेको बेरोजगारीलाई न्युनिकरण गर्नसकिने धारणा समेत व्यक्त गर्नुभयो ।सृजनशिल व्यवसाय तालिम केन्द्र र एम इ डि एफले सम्पन्न गरेको शिकर्मि,एसि र रेफ्रिजेटर एवम मोटरसाइकल मर्मत सम्वन्धि तालिममा सहमागी ६५जना युवाहरुलाई प्रमाण पत्र बितरण गरिउको छ । मगंलबार र बुधबार आयोजित प्रमाण पत्र बितरण कार्यक्रममा वीरगन्ज उधोग वाणिज्य सघंका वरिष्ट उपाध्यक्ष सुबोध गुप्ता,चंचला दास, लघु बिकास कोष पर्साका प्रमुख प्रेम प्रसाद,नगर प्रमुखका राजनैतिक सल्लाहकार मुकेश द्धिवेदी , पत्रकार महासंघ पर्साका सचिव युवराज खडका द्धिवेदी,युवा नेता पिन्टु तिवारी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो