FAQs Complain Problems

विद्यालयहरुको भौतिक संरचना आमुल परिवर्तन गरिने छ:- नगर प्रमुख सरावगी

वीरगन्ज महानगरपालिका वडा नम्बर ९मा रहेको नेपाल रेलवे माध्यमिक विद्यालयको नवनिर्मित सभाहलको  नगर प्रमुख विजय सरावगीले उदघाटन
गर्नुभएको छ । १२ लाखको लागतमा निर्मित भवनको बुधबार  उदघाटन गर्दै मेयर सरावगीले महानगरपालिका भित्र जीर्ण अवस्थामा रहेका सामुदायिक विद्यालयको भौतिक संरचना सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले महानगरपालिकामा रहेको सबै विद्यालयहरुमा लैबको व्यवस्था अनिवार्य गर्नुका साथै सबै प्राथमिक विद्यालयहरुमा आउने ५ वर्षभित्र डिजिटल प्रविधिबाट अध्यापन गराउने व्यवस्थापन गरिने बताउनुभयो ।
        नगर प्रमुख सरावगीले सामुदायिक विद्यालयहरुमा छात्रछात्राहरुको लागि छुटाछुटै शौचालयको व्यवस्था गर्न दाताहरुसंग सहकार्य भइरहेको बताउनु भयो ।विद्यालयहरुलाई सुन्य राजनैतिकि करण गरिएको बताउदै सबै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।उहाले आफु कुनैपनि दबाव वा भेदभाव पुर्ण रवैयाबाट अलग रहेर विद्यालयको विकासको लागी अनवरत काम गरिरहेकोमा शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन सबैलाई आग्रह समेत गर्नुभयो ।
        नेपाल शिक्षक महासङ्घ वीरगंज मनपाका अध्यक्ष विनोद मेहताले मनपाले
सबै सामुदायिक विद्यालयहरुको  भौतिक संरचना निर्माणको लागि पहल गर्नुपर्ने
सुझाव दिनुभयो ।
        विद्यालयका प्रअ दिनेश चौरसियाको अध्यक्षँतामा सम्पन्न भएको कार्यक्रममा शिक्ष्ाँक दिनानाथ रौनियारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।रेलवे माध्यमिक विद्यालयलाई ४०वटा सिलिगं पंखा प्रदान गर्ने दाता रामशर्राफलाई विद्यालय तथा नगर प्रमुखद्धारा सम्मान समेत गरिएको थियो