FAQs Complain Problems

सिसिया नदिलाई प्रदुशन गर्ने उधोगलाई कडा भन्दा कडा कार्यवाहि गरिने चेतावनी

सिर्सिया लगायत कुनैपन िनदि वा तालतलावलाई प्रदुशित गर्ने उधोगलाई कडा भन्दा कडा कार्यवाहि गरिने एक कार्यक्रमद्धारा उधोगका प्रतिनिधिहरुलाई जानकारी गराइएको छ ।वीरगन्ज उधोग वाणिज्य संघको कार्यकक्षमा आयोजित कार्यक्रममा उधोगका प्रतिनिधिहरुलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी  र पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले यस्तो चेतावनी दिनु भएको हो ।कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले  नदि तथा नदिको  छेउछाउलाई प्रदुशित गर्ने कार्य गर्ने उधोगको संचालकहरुलाई कडा भन्दा कडा कार्यवाहि गरिने  बताउनु भयो ।उहाले सबै वडा अध्यक्षहरुलाई आ आफ्नो वडामा रहेका उधोगहरुको अनुगमन गर्न महानगरपालिकाले पत्राचार गरिसकेको बताउदै नदि वा नदिको घाटमा कुनै प्रकारका प्रदुशित वस्तु फालिएको पाइएमा कानु अनुसार कडा भन्दा कडा कार्यवाहि गरिने बताउनु  भयो । नगर प्रमुख सरावगीले उधोगसंचालनको इजाजत पत्र लिने बेलामा आइ एम ईमा गरिएको प्रतिवद्धता पुरा नगर्ने उधोगहरु सजाय को भागीदारा हुने चेतावनी दिनु भयो ।
वीरगन्ज उधोग वाणिज्य सघंले आयोजना गरको कार्यक्रममा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नदि ताल तलाउहरुलाई स्वच्छा राख्न जिल्ला प्रशासन कार्यलय पर्साले महानगपालिकासगं सहकार्य गर्दै छठ पर्व देखि अभियान चलाएको र यो अभियान निरन्तर जारी रहने बताउनु भयो ।उहाले छठ अगावै सिर्सिया नदि कोरीडोरमा रहेका अधिकांस उधोगहरुको अनुगमन आफुहरुले गरेका बताउदै उहाले अधिकांस उधोगहरुले नर्दिलाई छाडा रुपमा प्रदुषित गनेृ कार्य गरेको पाइएको बताउनु  भयो ।नदिलाई प्रदुषित गर्ने २वटा उधोगहरुलाई कार्यवाहि गरिएको र छठपछि पनि अनुगमन र कार्यवाहिको अभियानलाई निरन्तर्ता दिने जानकारी गराउनु भयो ।कार्यक्रममा वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले विगतमा उधोगहरुद्धारा भइरहेका गलतीहरुलाई सुधार गर्दै कानुन अनुसार सभा पानि मात्र नदिमा उतसर्जित गर्नु उधोगहरुलाई अनुरोध समेत गर्नुभयो ।कार्यक्रममा उधोग वाणिज्य संधका वारिष्ट उपाध्यक्ष सुवोध गुप्ता ,राष्ट्रिया अनुशन्धान कार्यालय पर्साका एस पि कुमार खडका,जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरिक्ष गौतम थापा ,नगर प्रमुखका प्रेस सल्लाहकार गोविन्द देवकोटा एवम विभिन्न उधोगका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।