FAQs Complain Problems

एकढिक्का भएर महानगरको विकासमा लाग्ने जनप्रतिधिहरुको अठोट, पाचौ नगरसभाको दोश्रो दिन कार्यकारी प्रमुखकै चर्चा

वीरगन्ज महानगरपालिकाको पांचौ नगरसभाको दोश्रो दिनको चलेको छलफल सौहार्दपुर्ण सम्पन्न हुनुका  साथै छलफलमा बोल्ने अधिकांस जनप्रतिनिधिहरुले कार्यकारी प्रमुखलाई धन्यवाद ज्ञापन गरेका छन् । नगर सभामा प्रस्तुत विभिन्न बिषय तथा दफा उपदफामा आफ्ना धारणाहरु  राख्दै पाचौ नगर सभाको व्यवस्थापन उत्कृष्ट रुपमा आयोजन भएको बताएका थिए । विगत भन्दापनि यस पटकको नगरसभाको व्यवस्थापन प्रक्रियागत रुपमा धेरै उत्कृष्ट भएको बताउदै नगरसभाका सदस्यहरुले महानगरपालिकाका कार्यकारी प्रमुख उमेश बस्नेतलाई बधाइ तथा धन्यवाद व्यक्त गरेका थिए ।कार्यकारी प्रमुखको नेतृत्वमा खटेका कर्मचारीहरुको मिहिनेत तथा नगर प्रमुखज्यूको सक्रिय सहभागीतामा पाचौ नगरसभामा प्रस्तुत विभिन्न विधेक,दफा उपदफा माथी चलेको सौहार्दपुर्ण  छलफलले महानगरपालिकाको स्थानिय सरकारलाई प्रक्रियागतरुपमा बलियो बनाएको धारणा समेत व्यक्त गरिएको थियो ।नगरसभाको दोश्रो दिन आफ्ना धारणहरु व्यक्तगर्दै  जनप्रतिनिधीहरुले यो नगरसभा आफुहरुको लागी इतिहासिक भएको र यसबाट आगामि दिनमा दलगत स्वार्थबाट पनि माथि उठेर नगरप्रमुखको  बिकासका सबै मुदाहरुमा एकढिक्का भएर अगाडि बढने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । नगर प्रमुख विजय कुमार सरावगीद्धारा प्रस्तुत निति तथा कार्यक्रम,आर्थिक विधेक,विनियोजन विधेक,न्यायीक समितीको बार्षिक प्रतिवेदन लगायत विभिन्न दफा उपदफा माथी भएको छलफल ग्रमिण तथा शहरी क्षेत्रका प्रतिनिधिहरुले आ आफ्ना गाउटोलका स्थानिय समस्याहरु प्रति पनि नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए ।