FAQs Complain Problems

जाडोलाई मध्यनजर गर्दै विभिन्न वडाद्धरा कम्बल बितरण

वीरगन्ज,पुस १४
मध्यतराइमा बढेको सितलहरलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले कम्बल बितर कार्यक्रमलाई तिब्रता दिएको छ ।वीरगन्ज महानगरपालिकाको वडा नम्बर ८ ले सोमबार एक कार्यक्रमको आयोजना गरी २०० परिवारलाई कम्बल बितरण गरेको हो ।वीरगन्ज महानगरपालिकाका  नगर प्रमुख बिजय कुमार सरावगीको प्रमुख आतिथ्य  पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको विशिष्ट आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा  आर्थिक अवस्था कमजोर भएका २०० परिवारलाई   कम्बल बितरण गरिएको थियो ।वडा अध्यक्ष राजकिशोर गुप्ताको सभापतित्वमा सम्पन्न भएको कम्बल बितरण कार्यक्रममा, राष्ट्रि अनुशन्धान विभाग पर्साका प्रमुख उप अनुशन्धान निर्देशक कुमार खडका,नेपाल सेना,चन्डि प्रसाद गणका सेनानी हरिकुमार पान्डे,प्रहरी निरिक्षक निर्मल पनेरु ,डाक्टर मनोज गुप्ता,गफार हवारी लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
   यसै गरी वडा नम्बर १३ले पनि चिसोलाई मध्यनजर गर्दै वडावासीलाई कम्बल बितरण गरेको छ ।वडाअध्यक्ष तुफान फारुक अंसारीको अध्यक्षतामा राधेमाई टोलवासीका गरिब तथा दलित परिवारलाई कम्बल बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।