FAQs Complain Problems

नगर प्रमखु विजय कुमार सरावगीद्धारा विभिन्न विद्यालयहरुको आकसमिक अनुगमन

नगर प्रमखु विजय कुमार सरावगीको नेतृत्वमा वीरगन्ज महानगरपालिकाको टोलीले विभिन्न विद्यालयहरुको  आकसमिक अनुगमन गरेको छ । बिहिबार दिउसो वीरगन्जको विर्तामा रहेको कन्यामाध्यमिक विद्यालयमा पुग्नु भएको नगर प्रमुख सरावगीले विद्यालयको अध्यन अध्यपनको बारेमा अनुगमन गर्नुभएको थियो । सो कर्ममा विद्यालयका शैक्षिक तथा भौतिक समस्याबारे जानकारी लिनुको साथै शिक्षक दरबन्दीको अवस्था विधार्थीहरुको गुनासो कक्षामै गएर सुनुको साथै पढ़ाईमा कुनै किसीमको लापरवाही सहनीय नहुने  बिद्यालय प्रशासनलाई निर्देशन दिनु भयो ।आफु महानगरका प्रत्येक स्कूलमा प्रत्येक्ष रुपमा गएर विद्यालयहरुको अवस्थाको बारेमा प्रत्यक्ष अनुगमन गर्ने र महानगरको शिक्षा स्तिथीलाई चुस्त दुरुस्त बनाउने आफु प्रतिबद्धता रहेको कुरा बताउनु भयो ।
     यसैगरी वीरगन्जको माइस्थान विद्यापिट माध्यमिक बिद्यालय र नरसिह माध्यमिक विद्यालयका अकस्मिक निरिक्षण गर्दै विद्यालयको विभिन्न कागजपत्रहरु आफ्नो नियन्त्रणमा लिएको छ ।सामुदायीक विद्यालयहरुले विभिन्न सहयोगको बहानामा चर्को शुल्कहरु लिएको गुनासो अभिभावहरुबाट अएको मध्यनजर गर्दै अनुगमनको क्रममा दुबै विद्यालयका रशिदहरुको ठेली ,हाजिरि रजिष्टर, निर्णय पुस्तीका र विद्यार्थीहरुको भर्नासम्बन्धीत कागजहरु नियन्त्रणमा लिएर आवश्यक कार्यवाहि अगाडि बढाइएको शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले बताउनु भयो अनुगमनको कर्ममा नगर प्रमुख सरावगीले सामुदायीक विद्यालयहरुमा मनामानी रुपमा शुल्क असुल गरेको पाइएको कडा भन्दा कडा कार्यवाहि गरिने बताउनु भयो ।उहाले कुनै पनि वहानामा अभिभावकहरुलाई आथिक भार बोकाउन कार्य आफुलाई सहय नहुने बताउदै विद्यालयहरुको अध्यन अध्यपनका सुदृढ बनाउने तर्फ केन्द्रित हुन प्रधानाध्यापकहरुलाई निर्देशन समेत दिनु भयो  ।अनुगमको क्रममा माइस्थान विद्यापिट माध्यमिक विद्यालयका ३१जना शिक्ष तथा कर्मचारीहरु अनुपस्थित रहेको पाइएको र नरसिंह माध्यमिक विद्यालयका आधादर्जन शिक्षकहरु बैशाख २गते देखि नै अनुपस्थित रहेकोको दुबै विद्यालयका हाजिरी रजिष्टर नियन्त्रमा लिइएको शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णको जनाकारी गराउनु भयो ।सो क्रममा शिक्षा महाशाखा प्रमुख अरबिंद लालकर्ण शिक्षा समितिका सदस्य मुकेश द्विवेदी प्रेस सलाहकार गोबिंद देवकोटा लगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।