FAQs Complain Problems

छठको समयमा घडिअर्वा पोखरी

Read More

रातको समयमा वीरगन्ज घण्टाघर

Read More

घडिअर्वा पोखरिमा स्थित मन्दिर

Read More

बीरगंज भन्सार गेट

Read More

संक्षिप्त परिचय

बीरगंजको स्थापना भएको झन्डै ११६ वर्षभन्दा बढी भइसकेको छ । तत्कालीन श्री ३ वीर शम्शेरले वि.सं. १९४५ देखि १९५० को बीचमा बीरगंज बजार स्थापना गरेको अनुमान छ । वीर शम्शेरले स्थापना गरेको हुनाले यसको नाम बीरगंज रहन भएको हो भन्ने भनाइ रहेको छ । बीरगंज स्थापनाभन्दा अगाडि पर्सा जिल्लाको मुख्य केन्द्र अलौं थियो । वि.सं. १९०४ साउन महिनामा सुगौलीबाट राजा राजेन्द्रले पर्सा जिल्लाको अलौंमा सैनिक क्याम्प राखेको इतिहास छ ।

बीरगंज बजारको स्थापनाभन्दा अगाडि यस आसपासका गाउँहरू बगही, अलौं, बरेवा, कलैया, प्रसौनी, इनरुवा, छपकैया, अस्तित्वमा आइसकेका थिए । कलैयाबाट प्रसौनी, इनरवा गाउँ हुँदै छपकैया भएर अलौं जाने सानो बाटो थियो, उक्त बाटोलाई रजैया सडक भनिन्थ्यो भन्ने तथ्य बीरगंजको ऐतिहासिक खोज पुस्तक बीरगंजको नालीबेलीमा उल्लेख छ । जंगलले ढाकेको स्थानमा बीरगंज बजार स्थापना गर्न श्री ३ वीर शम्शेरले आफ्ना विश्वासपात्र द्वय सिद्धवीर माथेमा र ध्वजवीर माथेमा (दुई दाजुभाइ) लाई क्रमशः माल अड्डा तथा काठ माल अड्डाको हाकिम बनाई बीरगंजमा खटाएका थिए । त्यसै सिलसिलामा सिद्धवीर माथेमाले निःशुल्क जग्गा तथा काठ वितरण गर्नुका साथै बीरगंजमा घर बनाउनेहरूलाई नगदको व्यवस्था गरी सहयोग पुर्याएका थिए ।

वीर शम्शेरको स्वर्गबासपछि श्री ३ देवशम्शेर महाराज भए । श्री ३ चन्द्र शम्शेरले आफ्ना दाइले स्थापना गरेको बीरगंज बजारलाई समेत विस्थापित गर्न चाहेका  थिए । उनी बीरगंजको बजारलाई त्यहाँबाट हटाएर रौतहटको हजमिनियामा बसाल्न चाहन्थे । बजार विस्थापित गर्ने चाल अनुसार वि.सं. १९८० मा रक्सौलदेखि बीरगंजको मुख्य बजार अतिक्रमण गर्दै अमलेखगंजसम्म रेल लाइन सेवा विस्तार गरे । लिंकबाट रेल कुद्दा आसपासका घरहरू चर्कने, फुट्ने र बासिन्दाहरू आतंकित हुने गर्थे तर बीरगंजबासीहरू अनेक विन्ती भाउ गर्दै रेललाइन बजार बाहिर सार्न अनुरोध गर्नतर्फ लागे तर उनी हजमिनिया जान तयार भएनन् । पछि रेल्वे लिंक बजारको पूर्वतर्फ (बजार बाहिर) सारिएको थियो ।

Pages

पदाधिकारीहरू

विजय सरावगी
नगर प्रमुख
mayor@birgunjmun.gov.np
9855021088
शान्ति कार्की
नगर उप– प्रमुख
9855012100
उमेश बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
cao@birgunjmun.gov.np
9855084111

जानकारी