FAQs Complain Problems

खधान्य सामाग्री लिएर नगर प्रमुख आफै पुगे

वीरगंज महानगरपालिकाको नगर प्रमुख विजय कुमार सरावगी द्वारा वीरगंज वडा नं २ मा अहिले करिब १५०० बिपन गरिब, श्रमजिवि परिवारलाई पुग्ने गरि खधान्य सामाग्रीहरु वडा कमिटीको जिम्मा आफै नेतृत्वमा नगरपालिकाको ट्रकमा लोड गराएर वडा समितिलाई  जिम्मा लगाएर आउनु भएको छ।
जिल्ला प्रशासनद्वारा छपकैयालाई अहिले सम्म शिल गरेको कारण त्यो ठाउमा विशेष गरि गरिब, निमुखा, श्रमजिवि परिवारहरुमा खधान्यको सन्कट उत्पन्न भएको र सिल भएको कारण कोई बाहिर निस्कन नसकेकोले त्यस्ता गरिब परिवारहरुलाई राहत दिने उदेश्यले नगर प्रमुख सरावगी नगरपालिकाको ट्रकमा खधान्य सामाग्री लोड गराएर का. वा. वार्ड अध्यक्ष ओकिल अन्सारी मियालाई जिम्मा लगाएका छ्न। नगर प्रमुख सरावगीले कुनै पनि गरिब श्रमजिवि परिवार खधान्यको अभावमा भोक भोकै नबसोस भनेर अहिले देखी नै तुरुन्तै त्यस्ता परिवारहरुलाई राहत वितरणको लागी वडालाई निर्देशन दिएर आएका छ्न भने शिल भएको ठाउहरुमा आज देखि COVID-19 को रेपिड किटबाट टेस्टको काम शुरु भएको छ। यसै गरि वडा नं. १९ पनि नगर प्रमुख द्वारा खधान्य सामाग्रीहरु वडा समितिलाई जिम्मा लगाएर आउनु भएको छ।