FAQs Complain Problems

महानगरपालिकाको सहकार्यमा संचालित बालहेल्पलाइन केन्द्रको उदघाटन महानगरलाई बालमैत्री बनाउन आफुले गरेको प्रतिबद्धता पुरा हुदैछ :- नगर प्रमुख सरावगी

वीरगन्ज,भदौ २९
राष्ट्रिय बालदिवसको अवसरमा वीरगन्जको छपकैयामा संचालित बालहेल्पलाइन केन्द्रको उदघाटन गरिएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर ३छपकैयामा महानगरपालिका र आवर संसार नेपालको सहकार्यमा संचालित उक्त केन्द्रको उदघाटन नगर प्रमुख बिजय कुमार सरावगीले गर्नु भएको छ ।बालवालिकाको आपतकालिन उद्धार,राहत तथा संरक्षणका लागी खुलेको सो हेल्पलाइन केन्द्र वीरगन्जको उदघाटन कार्यक्रममा बोलदै नगर प्रमुख सरावगीले वीरगन्ज महानगरलाई बालमैत्री बनाउन महानरपालिका प्रतिवद्धरहेको बताउनु भयो ।उहाले हेल्पालइनको सचालनले आपतकालिन अवस्थामा रहेको बालवालिकाहरुको संरक्षण र उद्धारमा सबै सराकारवालाहरुको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।उहाले महानगरको भौतिक विकाससंगै समाजिक उतरदायीत्वको  क्षेत्रमा आफुले विगतमा गरेको वाचाहरु क्रमिक रुपमा पुरा गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । उप प्रमुख सुश्री शान्ति कार्किको अध्यक्षतामा सम्पन्न भएको उक्त उदघाटन कार्यक्रममा हेल्पलाइन केन्द्रले आगामि दिनहरुमा गर्ने कार्यको बारेमा आवर संसार नेपालका अध्यक्ष मुकेश साहले प्रकाश पार्नुभएको थियो ।कार्यक्रमा पोखरिया नगरपालिकाकि उपप्रमुख सलमाखातुन, वडा नम्बर ३का वडा अध्यक्ष बैजु जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गौतम थापा,वीरगन्ज महानगरपालिकाका कानुनि सल्लाहकार कमल मोहन पोखरेल लगायतका व्यक्तिहरुले बालबालिकाको कानुनि अधिकार र केन्द्रको उपयोगिताको बारेमा प्रकाश पर्नुभएको थियो ।