FAQs Complain Problems

सेवा निवृत राष्ट्रसेवकहरुको अनुभवलाई राज्यले कदर गर्नुपर्दछ:-नगर प्रमुख विजय कुमार सरावगी

वीरगन्ज,भदौ २९
वीरगन्ज महानगरपालिका नगर प्रमुख बिजय कुमार सरावगीले सेवा निवृत राष्ट्रसेवहरुको अनुभवलाई राज्यले कदर गर्नु पर्ने धारण व्यक्त गर्नुभएको छ ।सेवा निवृत राष्ट्रसेवक कल्याणकारी समाज वीरगन्जको सपथग्रहण कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो धारणा व्यक्त गर्नुभएको छ । कार्यक्रममा समाजका पदाधिकारीहरुलाई प्रमाण पत्र बितरण गर्दै  उहाले वीरगन्ज महानगरपालिका पनि स्थानिय सरकार भएकोले महानगरको  शिक्षा,स्वाथ्य,दैविप्रकोप तथा पर्यावरण र  समाजिक बिकासको कार्यमा  सेवा निवृत राष्ट्रसेवकहरुको सल्लाह ,सुझाव र सहयोग लिनुको साथै अनुभव क्षेत्रमा  कन्सल्टेन्टको रुपमा पनि लिन सकिने धारण व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा पुर्व प्रमुख जिल्ला अधिकारी बालराम सिहले निर्वाचन अधिकृतको रुपमा सबै पदाधिकारीहरुलाई सपथग्रहण गराउनु भएको थियो ।समाजका अध्यक्ष वालदेव साहले सेवा निवृत राष्ट्रसेवकहरुको अनुभवको सम्मान र सक्रियताको लागीनै समाजको गठन गरिएको बताउदै सबैको सहकार्यमा अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा एन जि ओ सि सिका अध्यक्ष इब्राहिम प्रसाद देवान,रेल्वे माध्यमिक विद्यालयका प्रधानाध्यपक दिनेश चौरसिया,नेपाल पत्रकार महासघं पर्साका अध्यक्ष श्याम बन्जारा लगायतका व्यक्तिहरुले पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।