FAQs Complain Problems

मोतियाबिन्दु मुक्त समाज अभियानमा क्वेष्टको सहयोग समाजिक दातीत्वमा क्वेष्ट औषधी उधोगको सराहनीय सहयोग,नगर प्रमुख सरावगी

वीरगन्ज,पुस २३
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको सक्रियतामा संचालन गरिएको मोतियाबिन्दु मुक्त समाज अभियानमा क्वेष्ट औषधी उधोगद्धारा आर्थिक सहयोग प्रदान गरिएको छ ।मानव सेवा नै ठुलो धर्म हो भन्ने सोचका साथ क्वेष्ट औषधी उधोगका सचांलक पृथ्वी राजभन्डारीले  निशुल्क मोतीयाबिुन्दु कार्यक्रमलाई १लाख २०हजार सहयोग प्रदान गर्नुभएको थियो ।निशुल्क मोतीयाविन्दु उपचार कार्यक्रममा क्वेष्ट औषधी उधोगद्धारा प्रदान गरिएको आर्थिक सहयोगका चेक बुझदै उधोगका संचालक पृथ्वीराज भन्डारीलाई नगर प्रमुख सरावगीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।साथै नगर प्रमुख सरावगीले मंगलबार किरण अँखा अस्पतालमा शैल्यकिया गरिएका वृद्ध आमाबुवाहरुलाई बुधबार  बिहान अँखामा लगाउने औषधी ,चस्मा दिएर किरण आँखा अस्पतालबाट बिदाइ गर्नुका थिए ।साथै यो अभियानमा हामीलाइ सहयोग गर्ने ,शुभ श्री जग्दम्बा सिमेन्ट मिल्स प्रा लि ,जगदम्बा एस एस पाइप प्रा लि ,सर्बोतम प्रा लि का श्री राजेश अग्रवाललाई पनि नगर प्रमुख सरावगीले धधन्यवाद समेत व्यक्त गनुभएको थियो ।