FAQs Complain Problems

शिक्षा क्षेत्रमा क्वेस्ट फर्माको सहयोग सराहनीय : नगर प्रमुख सरावगी

वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विद्यालयहरुको भौतिक तथा प्राविधिक स्तरलाई विकसित बनाउँदै शैक्षिक अवस्थामा सुधार गर्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको धारणा व्यक्त गर्नुभएको छ । 
पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ सियरही सथवलमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको उद्घाटन गर्दै नगर प्रमुख सरावगीले यस्तो धारणा व्यक्त गर्नु भएको हो । विगतका शासक र राजनैतिक नेतृत्वहरुले शिक्षा क्षेत्रमा स्थापित गरेको विकृतिलाई हटाउँदै विद्यालयहरुको पठन–पाठनलाई सुदृढ बनाउनु तर्फ पहल गर्न सबै राजनैतिक अगुवाहरुलाई आव्हान गर्नुभयो । शिक्षाको विकासले नै समाजमा आमुल परिवर्तन आउने धारणा व्यक्त गर्दै मेयर सरावगीले छोरा सरह नै छोरीहरुलाई पनि पढाउन आग्रह गर्नु भयो । शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा योगदान दिदैं आएका क्वेस्ट फर्मास्यूटिकल्स परिवार तथा यसका संचालक पृथ्वी राजभण्डारीलाई नगरप्रमुख सरावगीले धन्यवाद व्यक्त गर्दै पर्सामा रहेका अन्य सामुदायिक विद्यालयहरुमा पनि क्वेस्ट फर्मास्युटिकलको सहयोग जारी रहने आशा समेत व्यक्त गर्नुभयो । 
सामाजिक उत्तरदायित्वको क्षेत्रमा अग्रणी रहेको क्वेस्ट फर्मास्यूटिकल्सले आर्थिक तथा प्राविधिक सहयोगमा करिब ६ लाखको लगानीमा सखुवा प्रसौनी गाउपालिका वडा नं. १ सियरही सथवलमा अवस्थित श्री नेपाल राष्ट्रिय मा. वि. मा स्थापना गरेको आधुनिक विज्ञान प्रयोगशालाको एक कार्यक्रम बीच नगरप्रमुख सरावगीले उद्घाटन गर्नु भएको थियो भने कम्पनीका संचालक पृथ्वी राजभण्डारी (निजु)ले उक्त प्रयोगशाला विद्यालय परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । 
कार्यक्रमको सहजीकरण गर्नुभएको क्वेस्ट फर्माका मानव संसाधन प्रमुख अनिल जायसवालले विज्ञान प्रयोगशालाको स्थापनासंगै विद्यार्थी भाईबहिनीहरुको शिक्षामा सुधार ल्याउने र  तिनीहरुलाई पढाई प्रती उत्प्रेरित गर्नमा सहयोग पुग्नुको साथै व्यवहारीक ज्ञानमा समेत परिवर्तन ल्याउने छ भनी जानकारी गराउनु भयो । कम्पनीले आफ्नो सफलताको शुरुवात संगै कार्यरत कामदारकर्मचारीलाई राम्रो सेवासुविधा प्रदान गर्नुका साथै सामाजिक विकासका क्षेत्रमा आवद्ध विभिन्न संघसंस्थाहरुलाई विभिन् प्रोजेक्ट अन्तर्गत सहयोग गर्दै आएको छ । 
कम्पनीका संचालकहरुको सकरात्मक सामाजिक सोचकै कारण सामाजिक उत्तरदायित्व राम्ररी बहन गर्न सकिएको र आउने समयमा ग्रामिण क्षेत्रमा विज्ञान शिक्षालाई अझ बढी सुदृढिकरण गर्नको लागी विभिन्न सरकारी विद्यालयहरुमा विज्ञान प्रयोगशालाको स्थापना गर्ने योजना कम्पनीको रहेकोबारे त्यंहाका एच आर प्रमुख जयसवालले जानकारी गराउनु भयो । कार्यक्रममा सखुवा प्रसौनी गाउंपालिकाका मेयर प्रदिप जैसवाल, उपमेयर फुलमती देवी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितनारायण चौधरी, प्र. अ. भागवत चौधरी लगायत शिक्षक शिक्षिका तथा सामाजसेवी बुद्धीजीवीहरुको समेत उपस्थिती रहेको थियो .