FAQs Complain Problems

मिति २०७३।०४।०२ गतेका दिन "प्रतिक दैनिक" पत्रिकामा प्रकाशित समाचार

वीरगंज आदर्शनगरमा वृक्षरोपण

प्रकृति सेवा प्रतिष्ठान, ग्रीन सिटी आदर्शनगर, जिल्ला प्रहरी कार्यालय पर्सा, वीउमनपा र अल लायन्सको आयोजनामा आज वीरगंजको आदर्शनगर क्षेत्रमा वृक्षरोपण गरिएको छ । ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष पशुपति विक्रम शाह र ग्रीन सिटी आदर्शनगरका सुनील रू“गटाले संयुक्तरूपमा वृक्षरोपण कार्यक्रमको वीरगंज आदर्शनगरमा वृक्षरोपण उद्घाटन गरेका थिए । आदर्शनगर चोकदेखि कैलाश होटल चोकसम्म सडकको दुवैतर्फ वृक्षरोपण गरिएको छ । कार्यक्रममा प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठ, वीउमनपाका कार्यकारी अधिकृत विष्णु कोइराला, प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहलगायत अल लायन्स क्लबका पदाधिकारी सदस्यहरूको सहभागिता थियो ।