FAQs Complain Problems

पानी प्रशोधन केन्द्र वीरगन्जमा सुरु

वीरगन्जको छपकैयामा निर्माण भएको प्रदेश नं. २ कै पहिलो फोहर पानी प्रशोधन केन्द्र आज देखि संचालनमा आएको छ ।शनिबार बिहान नगर प्रमुख बिजय कुमार सरावगी,प्रोजक्ट प्रमुख शैलेन्द्र श्रेष्ठ,कन्सल्टेन्ट कम्पनिका प्राविधिक र ठेक्केदार कम्पनिका प्रमुखहरुको उपस्थितीमा प्लान्टाको परिक्षण संचालन सुरु गरिएको हो ।वीरगन्जको श्रीपुर तेजारथ टोल देखि छपकैया सम्मको घरबाट निश्किने प्रदुशित पानीलाई ल्याएर शुद्धगरी श्रीसिया नदीमा फाल्ने व्यवस्था मिलाइएको छ ।लगभग १० विग्गा क्षेत्र फलमा रहेको यो प्लान्ट १२ करोडकोे लगानीमा निर्माण भएपछि प्रशोधन केन्द्रको  परिक्षण संचालन सुरु गरिएको  वीरगन्ज महानगरपालिकाले जनाएको छ ।
 नगरक्षेत्रबाट निस्किएको फोहर पानीलाई प्रशोधन पश्चात सिर्सिया खोलामा बगाउदा यसले पर्यावरण संरक्षणमा ठुलोटेवा पु¥याउने महानगपालिकाका प्रमुख बिजय कुमार सरावगीले विश्वास व्यक्त गर्नुभयो । उहाँले केन्द्रबाट प्रशोधित भई निस्किने पानी तथा मललाई कृषि प्रयोजनका लागि उपयोग गर्न सकिने भएकाले त्यस तर्फ अध्ययन अनुसन्धन अगाडी बढाइएको बताउनु भयो ।विभिन्न कारण बस लामो समय देखि निर्माणाधिन रहेको यो परियोजनालाई महानगपालिकाको महत्वकाक्षी योजना भएकोले आफु सक्रिय भइ निर्माण कार्यमा रहेको अवरोधहरुलाई बिस्तारै समाधान गरेपछि निर्माण कार्यमा सफलता पाएको नगर प्रमुख सरावगीको भनाइ समेत रहेको थियो । 
नगरमा रहेका घरबाट निस्किने फोहर पानीलाई केन्द्रमा प्रशोधन गरी ९९ प्रतिशत सफा बनाई सिर्सिया खोलामा मिसाउने योजना रहेको परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नगरक्षेत्रका घरबाट संकलित एक करोड लिटर फोहर पानीलाई दैनिक प्रशोधन गर्नसकिने केन्द्रको क्षमता रहेको उहाले बताउनु भयो ।  
संचालनमा आएकोे प्रशोधन केन्द्रबाट वर्षमा लाखौं रुपैयाको मल उत्पादन हुने महानगरपालिकाले जनाएको छ । ऐशियाली विकास बैंक तथा नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११  प्रतिशत र महानगरपालिकाको  ८ प्रतिशत लागनीमा प्रशोधन केन्द्र निर्माण भएको छ ।