FAQs Complain Problems

महानगरपालिकाद्वारा सवारी धनिपूर्जा वितरण सुरु नियम अटेरी चलने सबै सवारीलाई कार्यवाहि गरिने छ , नगर प्रमुख सरावगी

प्रदेश नं. २मा रहेको एक मात्र महानगरपालिका वीरगन्जले आज देखि तीन पाङ्गे्र सवारी साधनहरुको रुटपरमिट सहितको सवारी धनिपूर्जा वितरण सुर गरेको छ । महानगरपालिका भित्र संचालन  टेम्पु,इरिक्सा लगायत १सय तीनपाङ्ग्रे सवारी साधनहरुको प्रमाण बितरण गरेको हो ।महानगरपालिकाले आजे देखि बितरण सुरुगरेको सवारी धनी प्रमाण पत्र नगर प्रमुख  सवारगीले हस्तारण गर्दै सुरुगर्नुभएको हो ।
        महानगपालिकामा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख सरावगीले सवारीधनिलाई पूर्जा हस्तान्त्रण गर्दै चालक अनुमती पत्र नभएका  टेम्पु तथा इरिक्सा संचालन गरेको पाइएको सवारी साधननै जपत गर्ने चेतावनी दिनुभयो । संचारकर्मीहरुसंग कुरा गर्दै नगरप्रमुख सरावगीले स्थानिय तह  संचालन ऐन २०७४ले प्रदान गरेको अधिकारलाई प्रयोग गर्दै महानगर भित्र संचालन हँुने  तीनपाङ्ग्रे सवारी साधनको रुटपरमिट तथा सवारी धनीपूर्जा वितरण थालिएको बताउनुभयो । उहाँले महानगरपालिकाले  धनिपूर्जा र रुटपरमिट वितरण गर्न थालेपछि नगरक्षेत्रमा हुने  सवारी जामको समस्या समेत समाधान हुने बताउनु भयो । वीरगन्ज नगर क्षेत्रमा हुने सवारी जामको मुख्य कारण नै ट्म्पु तथा इरिक्सा रहेकाले कहा कतीलाई अनुमति दिने कार्य योजना तयार भएकाले चाँडै जामको समस्या समाधान हुने नगर प्रमुख सरावगीले दावि गर्नु भयो । महानगरपालिका भित्र हाल २ हजार भन्दा बढी इरिक्सा र टेम्पु संचालित रहेका छन् ।