FAQs Complain Problems

कोरोना भाइरस संक्रमण रोकथाम वारे तीन जिल्लाका अधिकारी तथा जन प्रतिनीधि बीच छलफल

 

भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रेकाहरुको पहिचान तथा सुरक्षित व्ययवस्थानका विषयमा तीन जिल्लाका जन प्रतिनिधी तथा सुरक्षा अधिकारीहरु बिच आइतबार वृहत छलफल भएको छ । बाराको परवानीपुर स्थित नेपाली सेनाको २२ नम्बर बाहिनीले आयोजना गरेको  बारा,पर्सा र रौतहट जिल्लाका सेनाका पदाधिकारी, सुरक्षा प्रमुख एवम स्थानिय निकायका प्रमुख तथा सरकारी अस्पतालका पदाधिकारी बिच भएको बैठकमा कोराना रोगबाट आउन सक्ने चुनौतीहरुको बारेमा छलफल  भएको हो ।
छलफलमा विश्वव्यापी महामारीको रुपमा रहेको कारोना रोगको सक्रमणको वर्तमान आवस्था तथा सम्भावित चुनौतिहरुको बारेमा नेपाली सेनाका वाहिनी पति अनुप जंग थापाले जानकारी गराएका थिए । सक्रमणको चैनलाई न्युनिकरण गर्न भारत तथा तेस्रो मुलुकबाट आएकाहरुका व्यक्तिहरुको पहिचान गरी क्वारेनटाइनमा व्यवस्थापन गर्नुका सथै रोगको  लक्षण देखिएमा त्यसको उपचार लगायतका बारेमा बैठकमा बिस्तृत  छलफल भएको थियो । सिमावर्ती तीन जिल्लामा विदेशबाट आएकाहरुकोे सुचि संकलन गर्ने, उनीहरुको स्वास्थ्य अवस्थाको निगरानी गर्दै सुरक्षित स्थानमा कोरेन्टाइन गर्ने कुरामा जोड दिइएको थियो ।आवश्यकता अनुसार सेनालाई बैकपको रुपमा परिचालन गर्दै नेपाल प्रहरी,शस्त्रप्रहरी एवम स्थानिय जनप्रतिधिहरु सकितको टोली स्थानिय निकायामा परिचालन बिषयमा छलफल समेत भएको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बताउनु भएको थियो ।
बैठकमा २२ नम्बर बाहिनीका बहिनिपती अनुपजंग थापाले  बहिरबाट आएकाहरुबाटै संक्रमण फैलीने सम्भावन  भएकाले त्यस्ता व्यक्तिको पहिचानका लागी लागी पर्ने अहिले मुख्य आवश्यकता रहेकको बताउनु भयो ।
बैठकमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले कोरोना विरुद्धको लडाइमा सबै भन्दा अगाढीको मोर्चामा उभिएका स्वास्थ्यकर्मीहरुको जिवन विमा र आवश्यकता अनुसार उपचारका लागि आवस्यक उपकरणको प्रवन्ध स्थानिय निकायले पनि गराउन त्यार रहेको बताउनु भएको थियो । उहाँले बाहिरबाट आएकाहरुको सुचि संकलनका लागि स्थानिय तहका कर्मचारी तथा जन प्रतिनीधीहरुलाई परचालन गरि सुरक्षा निकायहरुलाई सकदो सहयोग  गर्नुका साथै  लक डाउनको क्रममा घर भित्र रहेका सर्वसाधारणलाई उत्पन्न भएको समस्याहरुलाई क्रमिक रुपमा न्युनिकरण गर्न सुरक्षा निकाय तथा जनप्रतिनिधिहरु बिचको सामंजस्याताको आवश्यकता औल्याउनु भएको थियो