FAQs Complain Problems

जनताको मेयर जनताको घरदैलोमा चिसोलाई मध्यनजगर्दै जारी छ नगर प्रमुख सरावगीद्धारा कम्बल बितरण कार्यक्रम

जनताको मेयर जनताको घरदैलोमा
चिसोलाई मध्यनजगर्दै जारी छ नगर प्रमुख सरावगीद्धारा कम्बल बितरण कार्यक्रम
वीरगन्ज,पुस २१
मध्यतराइमा बढेको सितलहरलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले कम्बल बितरण कार्यक्रमलाई निरन्तर्ता दिदै आउनु भएको छ । जनता को मेयर ,जनताको  हरेक सुखदुखमा साथ दिनु पर्र्छ भन्ने मान्यताका साथ महानगरपबासीहरुको घर दैलोमै पुगेर कम्बल बितरण गर्ने कार्यक्रमलाई महानगरपालिकाले निरन्तर्ता दिदै आएको छ ।सोहि क्रममा सोमबारका दिन बिरगंज महानगरपालिका वार्ड नम्बर १ छ्पकैयाका आर्थिक कमजोर भएका बालबालिका, एकल महिला कम्बल बितरण गर्नुभएको छ ।यसै गरी छपकैयाको  दलित बस्तीमा पुगी वृद्ध आमा–बुबा, बालबालिका तथा महिला लगायत सबै आर्थिक कमजोर भएका परिवारजनलाई नगर प्रमुख सरावगीले कम्बल बितरण गर्नुभएको छ ।प्रचन्ड चिसोलाई मध्यनजर गर्दै  वार्ड १को छ्पकैयाका आर्थिक अवस्था धेरै कमजार भएका डोम तथा  मेस्तर लगायत दलित समुदाय को संख्या अत्यधिक रहेको परिवारजनको घर घरमै पुगेर नगर प्रमुख सरावगीले ८०थान कम्बल बितरण गर्नुभएको हो ।कम्बल वितरण कार्यक्रममा नगर प्रमुखका राजनितीक सल्लाहकार मुकेश  द्विवेदी, समाजबादी पार्टीका नगर अध्यक्ष इश्वर यादव , उपाध्यक्ष रुस्तम अन्सारी ,युवा नेता पिन्तु उपाध्याय ,अजय साह,  अमोद यादव, छोटेलाल साह, असलम अन्सारी लगायत नेताकार्यकर्ता र स्थानीयहरुको उपस्थिति रहेको थियोे ।
  यसैगरी आइतबार दिउसो पनि नगर प्रमुख सरावगीद्धारा कम्बल बितरण कार्यक्रमलाई निरन्तर्ता दिइएको थियो । बिरगंज महानगरपालिका वार्ड न २५ श्रीसियामा रहेका एकल महिला र बालबालिका तथा वृद्ध आमा–बुबालाइ नगर प्रमुख सरावगी १५० थान कम्बल वितरण  गर्नुभएको थियो । श्रीसियामा दलित समुदायको आर्थिक अवस्थालाई मध्यनजर गर्दै उनीहरुको घर घरमा आफै गएर कम्बल वितरण गर्नुभएको थियो ।नगर प्रमुखसगं वडा नम्बर २५को वर्डा अध्यक्ष बिसराज राउत कर्मी,  सजन अग्रवाल, युवा नेता पिन्तु उपाध्याय ,अजय साह,सशी पाण्डे ,अनुज गुप्ता, असलम अन्सारी लगायत नेताकार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।