FAQs Complain Problems

जाडोलाई मध्यनजर गर्दै नगर प्रमुख सरावगीद्धारा कम्बल बितरण

वीरगन्ज,पुस १३
मध्यतराइमा बढेको सितलहरलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले जनताको घर घरमा पुगेर कम्बल बितरण गर्नुभएको छ ।नगर प्रमुख सरावगी आइतबार बिहान बिरगंज महानगरपालिका वार्ड न २४ रामगढवामा पुगेर वृद्ध महिला तथा पुरुष र बालबालिकाहरुलाई ७० कम्बल बितरण गर्नुभएको हो ।जाडो बचनको लागी  वडावासीहरुलाई विभिन्न सवधानी अपनाउन अनुरोध गर्दै  आर्थिक अवस्था कमजोर भएको परिवारहरुलाई आफै नगर प्रमुख सरावगीले घरमै पुगेर कम्बल बाटने अभियानलाई एक हप्तादेखि तिब्रता दिनु भएको हो ।वडा नम्बर २४मा नगर प्रमुख सरावगीले आइतबार ७० थान कम्बल वितरण गरेको उनका राजनैतिक सल्लाहकार मुकेश द्धिवेदीले बताउनु  भयो ।नगर प्रमुख सरावगीले केहि हप्तादेखि चिसो क्रमिक रुपमा बढदै गएकोले यसबाट वृद्ध आमाबुवा तथा बालबालिहरुलाई बचनको लागी कम्बल बितरण अभियान चलाइएको बताउनु  बताउनु भयो ।साथै चिसोलाई मध्यनजर गर्दै आफुले महानगरपालिकाका सबै सरकारी र निजि स्कुलहरु पुस १८ गते शैक्षिक महाशाखाद्धारा पत्रचार गराइ बन्द गर्न अदेश भइसकेको बताउनु भयो । वार्ड अध्यक्ष तथा स्थानि जनप्रतिनिधीहरु मार्फत हरेक चौक चौकमा दाउरा बालेर आगोको व्यवस्था समेत  मिलाएको नगर प्रमुख सरावगीले बताउनु भयो ।स्थानिय मुमताज आलम र रामानन्द पटेल को नेतृत्वमा भएको कम्बल वितरण कार्यक्रममा राजनितिक सल्लाहकार मुकेश  द्विवेदी, युवा नेता पिन्तु उपाध्याय ,अनुज गुप्ता, हिरा चौरसिया ,केदार पटेल, समाजबादी पार्टी इकाई अध्यक्ष पवन साह, बिरबल यादव, लगायत नेता तथा कर्याकर्ता र स्थानीय बासीहरुको उपस्थिति रहेको थियोे ।