FAQs Complain Problems

पहिलो चरण मोतियाविन्दु अपरेसन सिबिर सम्पन्न

 

वीरगन्ज, पुस ४ ।
जन्मेको १५बर्ष पछि मगंलबार संसादलाई देखन पाएकि छिन् पर्सागढी कि चांदनी । माट्रिका आई फाउन्डेशनका बरिष्ट चिकित्सक किशोरराज प्रधानले उनको आखामा रहेको मोतीयाबिन्दु रोगको सफल अपरेशन  गरेपछि उनी यो संसारलाई देखन पाएकि हुन ।जन्मदेखि दुबै आखामा मोतीयाबिन्दु रोग भएको कारण उनी १५बर्ष देखि अध्यारोमै जिवन बिताउदै आएकि थीइन ।आर्थिक अवस्था कमजोर र जानकारीकारीको कमिको कारण चंदनी खातुनको आखाको उपचार हुन नसकेको माट्रीका आई फाउन्डेशनका कोअरडिनेटर चिकित्सक महेश सिंह धामीले बताउनु भायो । पर्सागढी गाउपालिका रघुनाथपुरकी  चांदनी खातुन मोदीया विन्दुको कारण जन्मैदेखि अध्यारोमै जिवन बिताउदै आएकि थिइन ।वीरगन्ज महानगरपालिका र माट्रीका आई फाउन्डेशनले संयुक्त रुपमा चलाएको निशुल्क अपरेशन शिबिरमा उनको एउटा आखाको शफल अपरेश गरिएको छ ।अर्को आखामा रहेको मोतीयाविन्दु रोगको अपरेशन एक महिना पछि गरिने डाक्टर धामिले बताउनु भयो ।मोतीया बिन्दुरोग निर्मूल पर्ने उदेश्यका साथ सुरु गरिएको निशुल्क आखा अपरेशन सिविरको पहिलो चरणको कार्यक्रम शुक्रबार बिहान रोगीहरुलाई विदाइ गरिदै सम्पन्न भएको छ ।पहिलो चरणको शिबिरमा लगभग ८सय पर्सा बासीको मोतीयाविन्दुको फेको प्रविधिद्धारा सफल अपरशेन गरिएको महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो ।उहाले लगभग तिन सय व्यक्तिहरुको दुबै आखामा मोतीया बिन्दु रोग भएको कारण एक महिना भित्र अर्को आखाको निशुल्क अपरेशन गर्ने कार्यक्रम रहेको बताउनु छिटै नै दोश्रो चरणको पनि कार्यक्रम सुरु गरिने बताउनु भयो । नगर प्रमुख सरावगीले पर्सा जिल्लालाइ नै मोतीयाबिन्दु रोगबाट निर्मुल पार्ने आफ्नो मुख्य योजना रहेको बताउनु भयो ।उहाले यो संसार देखन पाउन सबै जनताको अधिकार हो र आर्थिक अवस्था कमजोर भएकै कारण अध्यारो जिवन कसैले पनि बिताउन नपारोस भन्ने मुख्य उदेश्यका साथ आफु पर्सा बासीको सेवरुपी यो अभियानमा होमिएको बताउनु भयो ।मेयर कल्याणकारी कोषको आर्थिक सहयोग र मातृका आइ फाउण्डेसनको सहकार्यमा जिल्लाको विभिन्न स्थानियतहमा स्वास्थ्य सिरिवको आयोजना गरी मोतिविन्दू रोगबाट ग्रसित रहेका विरामीको पहिचान गर्दै निशुल्क उपचार कार्यक्रमलाई अगाडि भढाइएको हो ।
जिल्लाको विभिन्न स्थानमा आयोजना गरिएका स्वास्थ्य सिविरमा पाँँच हजार भन्दा बढी महिला तथा पूरुषको परिक्षण गर्दा एक हजार भन्दा बढी मोतिविन्दू रोगका विरामी फेला परेको थियो । जसमध्ये पहिलो चरणमा एक हजार मोतीयाबिन्दुको अपरेशन गर्ने कार्यक्रम अन्र्तगत एक साता देखि आखाको अपरेशन तिलगंगाका बरिष्ट चिकित्सकहरुको टोलीले फेको प्रविधिद्धारा अपरेशन गरेका छन् । उहाँले पहिचान भएका रोगीलाई घरबाट सदरमुकाम वीरगन्जमा रहेका उपचार केन्द्रसम्मा ल्याउने देखी  औषधी उपचार पछि  घर सम्म निशुल्क पु¥याउने समेत व्यवस्था मिलाइएको छ ।