FAQs Complain Problems

पाँच सय भन्दा बढी विरामीको निशुल्क अपरेशन पुरा, पहिलो चरणमा एकहजार मोतीया बिन्दुको अपरेशन गरिने

वीरगन्ज,१ पुस ।
मोदीया विन्द रोग निर्मूल पर्ने अभियानमा वीरगन्ज महानगरपालिका जुटेको छ । पर्सा जिल्लामा रहेका आखाँ रोगिको निःशुल्क उपचार शिबिर अभियानैकैलाई  वीरगन्ज महानगरपालिकाले सुरु गरेको हो ।  मेयर कल्याणकारी कोषको आर्थिक सहयोग र मातृका आइ फाउण्डेसनको सहकार्यमा जिल्लाको विभिन्न स्थानिय तहमा स्वास्थ्य सिरिवको आयोजना गरी मोतिविन्दू रोगबाट ग्रसित रहेका विरामीको पहिचान गर्दै निशुल्क उपचार कार्यक्रमलाई अगाडि भढाइएको हो ।
जिल्लाको विभिन्न स्थानमा आयोजना गरिएका स्वास्थ्य सिविरमा पाँँच हजार भन्दा बढी महिला तथा पूरुषको परिक्षण गर्दा एक हजार भन्दा बढी मोतिविन्दू रोगका विरामी फेला परेको महानगरपालिकाले जनाएको छ । फेला परेका विरामीहरु मध्ये पाँच सय ३६ जनाको मंगलबार सम्म फेको पद्यतिबाट आँखा शल्यकृया सम्पन्न भएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले जानकारी बताउनु भयो । उहाँले पहिचान भएका रोगीलाई घरबाट सदरमुकाम वीरगन्जमा रहेका उपचार केन्द्रसम्मा ल्याउने देखी  औषधी उपचार पछि  घर सम्म निशुल्क पु¥याउने समेत व्यवस्था मिलाइएको छ ।

बाकी रहेका  विरामीहरुको  एक साता भित्र शैल्यकृया पुरा हँुने आयोजकले जनाएका छन् । जिल्लामा तीन हजार भन्दा बढी मोतिविन्दूका रोगि रहेको र त्यसकालागि पूनःदोश्रो चरणमा एक हजार मोतीविन्दुको अपरेशन सिविर चलाउने नगर प्रमुख सरावगीले जानकारी दिनुभयो । उहाँले वीरगन्ज महानगरपालिकाका विभिन्न वडा लगायत पर्साको ठोरी गाउपालिका, बहोदरामाई नगरपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका लागयतका स्थानिय तहका बासिन्दाहरुले निःशुल्क पाएको बताउनुभयो ।