FAQs Complain Problems

बारा पर्साका कलाकारहरु सम्मानित चलचित्र स्वर्णीम महोत्सवले चलचित्रमा विभिन्न नया आयाम थपने छ :- नगर प्रमुख सरावगी

वीरगन्ज,कात्तिक २३
वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले वीरगन्जमा भइरहेको चलचित्र महोत्सवले सबै भाषा भाषिलाई मुलधारमा ल्याउन नया आयाम थमिने आशा व्यक्त गर्नु भएको छ ।महोत्सकाको दोश्रो साझं स्थानिय कलाकारहरुलाई सम्मानित गर्ने कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो आशा व्यक्त गर्नुभएको हो ।कार्यक्रमको प्रमुख आतिथ्य मन्तव्य व्यक्त गर्दै नगर प्रमुख सरावगीले महानगरपालिकाको अभिभावकत्वमा आयोजना भएको चलचित्र स्वर्णीम महत्सव सफल पुर्णरुपमा सम्पन्न हुनगइरहेकोमा सबै जनप्रतिनिधि तथा सम्पुर्ण महानगरवासीलाई धन्यवाद व्यक्त गर्नुभयो ।उहाले राजधानी वाहिर पहिलो पटक नेपाली सिनेजगतका सबै कलाकारहरुको भव्य उपस्थितीमा समपन्न भइरहेको उक्त कार्यक्रमले नेपाली चलचित्रको विकासमा विभिन्न नया आयामहरु थपिने आशा व्यक्त गर्नु भयो ।उहाले आउने भविष्यमा सबै भाषा ,सस्कृतिलाई जोडदै नेपाली चलचित्र मुलुकका सबै दर्शकमाझ लोकप्रिय हुदै जाने शुभकामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली चलचित्रहरुमा ख्याती प्राप्त बारा पर्साका कलाकारहरुलाई सम्मानित गरिएको थियो ।नेपाली चलचित्र संघका उपाध्यक्ष भूवन चन्दथापाको अध्यक्षतामा सम्पन्नको  कार्यक्रममा वीरगन्जका माधव वाग्ले,विज्या गीरी,सन्जु अमात्य,बिरेन्द्र शर्मा,प्रवीण थापा ,सन्दिप क्षेत्री,रवि बस्नेत ,सिमराका सानी उप्रेति र स्वर्णपुरका दिपेन्द्र लामा लगायतका कलाकारहरुलाई विशेष सम्मान पत्र प्रदान गरिउको थियो ।कार्यक्रमको  सफलताको लागी नेपाली कांग्रेसका प्रतिनिधि श्यम पटेल,राजपाका प्रेमबाबु पटेल लागतयका नेताहरु शुभकामना व्यक्त गर्नुभएको थियो ।