FAQs Complain Problems

मेयर सरावगी नगर विकास कोषको संचालक समितिमा नियुक्त

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई नगर विकास कोषको संचालक समितिको सदस्यमा मनानय गरिएको छ । नगर प्रमुख सरावगीलाई नेपाल सरकारको मन्त्रीपरिषदले नियुक्त गरेको हो ।नगर प्रमुख सरावगीलाई नगर विकास कोषको संचालक समितिमा मन्त्रिपरिषदले न्युक्त गरेको सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलनमा जनाउनु भएको छ ।
   प्रत्येक प्रदेशका विभिन्न महानगर र नगरपालिकाका मेयर तथा उपमेयर तीन जना महिला सहित ७ जनालाई नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने प्रावधान रहेको छ । उहालाई २ नम्बर प्रदेशबाट सो पदमा नियुक्त गरिएको हो ।