FAQs Complain Problems

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा डुबान प्रभावित क्षेत्रको अनुगमन नगरबासीलाई बाढीबाट बचाउन भेडाहा खोला नियन्त्रण आवश्यक : - नगर प्रमुख सरावगी

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्मा रहेको संघीय सांसदहरुको टोली शनिबार वीरगन्ज महानगरपालिकाका भित्रको डुवान प्रभावित क्षेत्रको गनुगमन गरेको छ । बाढीबाट सबै भन्दा बढी प्रभावित भएको महानगरपालिकाको बेलवा, लालपर्सा, चोर्नी लागएका स्थानको उक्त टोलीले स्थलगत अनुगमन गरेको हो । 
अनुगमनका क्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले अत्याधिक वर्षाको कारण  भेडहा खोला सिर्सिया खोलामा मिसिएपछि बढी डुबान भएको टोलीलाई जानकारी दिनु भयो । उहाले भेडाहा खोलामा महानगरपालिकाका उत्तरी क्षेत्रका कृषकहरु व्यापक मारमा परेको बताउदै पिडितलाई केन्द्र र प्रदेश सभाबाट उचित छतीपुर्ती उपलब्ध गराउन माग समेत गर्नुभयो ।नगर प्रमुख सरावगीले भेडाहा खोलाले बर्षै पिछे बहावको धार परिवर्तन गर्ने गरेकोले त्यसको नियन्त्रणको लागी दुबै सरकारबाट अबिलम्ब पहलको  आवश्यकता रहेको टोलीको पदाधिकारीहरुलाई जानकारी गराउनु भयो ।
 उहाँले सिर्सिया खोलाको दुबै किनाराहरु स्थानियहरुद्धारा अतिक्रमण गरि घर ,टहरा बनाएको कारण खोला बाढीमा नदीको बहाव सौभाविक रुपमा बगन नसक्दा बाढीको अवस्था बर्षै पिछे बढने गरेकोे बताउनुभयो । 
डुबानका बेला प्रभावित क्षेत्रमा राहत र बचावनको कामवारे टोलीलाई पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले महानगरपालिका, उद्योगबाणिज्य संघ,रेडक्रस लगायतका संघ संस्थाको सहयोगमा एकद्वार प्रणालिबाट प्रभावित क्षेत्रमा राह वितरण र सुरक्षाका तीनै अंगको सहयोगमा बचाउको कार्य गरिएको बताउनु भयो । 
भेडहा खोलाबाट हुने डुबानको समस्यालाई स्थायि रुपमा समाधान गर्न तीनै तहको सरकारहरु बीच समन्वय आवस्यक रहेकोे राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाले  धारणा व्यक्त गर्नु भयो । उहाँले त्तकालै गर्नु पर्ने कामका लागि योजना बनाई तीनै तहको समन्वयमा काम अगाडी बढाउन निर्देशन समेत दिनुभयो। 
भेडहा खोलाबाट हँुने डुबानको समस्यालाई सम्बोधन गर्न स्थायि बाधको व्यवस्था गर्न र सिर्सिया खोलाको तिरमा रहेको अतिक्रमणलाई हटाउन पहल गर्न समेत अध्यक्ष तिमिल्सिनाले सुझाव दिनुभयो । 
अनुगमन टोलीमा प्रदेश नं. २का प्रदेश सभा अध्यक्ष सरोज यादव, पाँच जना प्रतिनिधी सभा सदस्य र दुई जना प्रदेश सभा सदस्य समेतको उपस्थिती रहेको थियो  ।