वीरगंज,पुस २४
वीरगंज महानगरपालिका नगर प्रमुख बिजय कुमार सरावगीले जनताको घरमै पुगेर कम्बल बितरण गर्ने अभियानलाई निरन्तर्ता दिदै आउनु भएको छ । बिहिबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर २२का वडावासीहरुको घरमै पुगेर नगर प्रमुख सरावगीले कम्बल बितरण गर्नुभएको हो । जगदम्बा सिमेन्ट मिल्स प्रा ली, जगदम्ब एस एस पाइप प्रा ली र सर्बोतम स्टिल्स प्रा ली का संचालक उधोगपति राजेश अग्रवालको आर्थिक सहयोगमा चोर्नी र परसवा गाउका आर्थिक कमजार भएका परिवारलाई नगर प्रमुख सरावगीले उक्त कम्बल बितरण गरिएको छ । कार्यक्रममा दुबै गाउमा रहका एकल महिला एवम वृद्ध –बृद्धाहरुलाई १५० थान कम्बल वितरण गरिएको थियो । उक्त कम्बल बितरण कार्यक्रममा नगर प्रमुखका राज राजनितीक सल्लाहकार मुकेश कु द्विवेदी, समाजबादी पार्टीका जिल्ला उपाध्यक्ष बासुदेव यादव, पार्टिका महानगर अध्यक्ष ईश्वर यादव , युवा नेता पिन्टु उपाध्याय ,जगदम्बा प्रालिका प्रतीनिधी बिबेक कुमार, लगायत स्थानीय नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।