FAQs Complain Problems

“जनता को मेयर, जनता को घरदैलोमा” नगर प्रमुख सरावगीद्धारा कम्बल बितरण

वीरगंज,पुस २४
वीरगंज महानगरपालिका नगर प्रमुख बिजय कुमार सरावगीले जनताको घरमै पुगेर कम्बल बितरण गर्ने अभियानलाई निरन्तर्ता दिदै आउनु भएको छ । बिहिबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर २२का वडावासीहरुको घरमै पुगेर नगर प्रमुख सरावगीले कम्बल बितरण गर्नुभएको हो । जगदम्बा सिमेन्ट मिल्स प्रा ली, जगदम्ब एस एस पाइप प्रा ली र सर्बोतम स्टिल्स प्रा ली का संचालक उधोगपति राजेश अग्रवालको आर्थिक सहयोगमा चोर्नी र परसवा गाउका आर्थिक कमजार भएका परिवारलाई  नगर प्रमुख सरावगीले उक्त कम्बल बितरण गरिएको छ । कार्यक्रममा दुबै गाउमा रहका एकल महिला एवम वृद्ध –बृद्धाहरुलाई १५० थान कम्बल वितरण गरिएको थियो । उक्त कम्बल बितरण कार्यक्रममा नगर प्रमुखका राज राजनितीक सल्लाहकार मुकेश कु द्विवेदी, समाजबादी पार्टीका जिल्ला उपाध्यक्ष बासुदेव यादव, पार्टिका महानगर अध्यक्ष ईश्वर यादव , युवा नेता पिन्टु उपाध्याय ,जगदम्बा प्रालिका प्रतीनिधी बिबेक कुमार, लगायत स्थानीय नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।