FAQs Complain Problems

निर्माण व्यवसायिलाई जिम्मेवार हुन वक्ताहरुको आग्रह बेरुजु फर्छौट नगरे कार्यवाही हुन्छ : नगर प्रमुख सरावगी

वीरगन्ज,मंसिर २९

वीरगन्ज महानगरपालकाका नगरप्रमुख विजय कुमार सरावगीले ठेक्का सरकार गर्ने र समयमा काम गर्ननसक्ने पूरानो प्रवृद्धीलाई  त्यागन निर्माण व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ ।उहले निर्माण व्यवसायिले पुरानो प्रबृती परिवर्तन गर्न नसके भबिष्यमा दुःख पाउने निश्चित रहेको अनुरोध गर्नु भयो ।निर्माण व्यवसायी संघ पर्साले आयोजना गरेको १६ बर्षिक सधारण सभामा बोल्दै नगर प्रमुख सरावगीले यस्ता धारण व्यक्त गर्नुभएको हो । उहाँले जिम्मा लिएको निर्माण कार्यलाई चालु आर्थिक वर्ष भित्र पुरा नगरे निर्माण व्यवसायिलाई राज्यले कडा कार्यवाही गर्ने बर्तमान प्रवधानलाई सबैले साकारात्मक रुपमा लिनु पर्ने बताउनु भयो । उहाँले निर्माण व्यवसायिहरुको नाममा लामो समय देखि महानगरपालिकामा वेरुजु देखिएको रकम चाँडै फर्छौट गर्न आग्रह गर्नु भयो। विकास कार्यकालागि कार्यालयबाट विभिन्न समयमा बुझाएको हर हिसरलाई चालु आर्थिक वर्ष भित्र फर्छौट नगरे कानुन बमोजिक कार्यवाही हँुने नगर प्रमुख सरावगीले बताउनुभयो ।
 आइतबार वीरगन्जमा आयोजित १६ औं साधारणा सभाको सफलताको  शभकामना मन्तव्य व्यक्त गर्दैै सहभागी वक्ताहरुले निर्माण व्यवसायिले सकार गरेको विकासकार्यलाई तोकिएको समयमा पुरा गरे मुलुकलाई विकास गर्न खासै समय नलागने वताएका थिए ।  पूर्वधार विकासमा महत्वपूर्व भुमिका निर्वाह गर्ने निर्माणव्यवसायीले इमान्दारी पूर्वक आप्mनो दायीत्व निर्वाह गरे मुलुक र महानगरपालिकाले ठुलो समृद्धी हसिल गर्न समय नलागने कुरामा वक्तहरुको जोड समेत रहेको थियो ।

  ंनिर्माण व्यवसायि संघ पर्साका वरिष्ठ उपाध्यक्ष दिवाकर प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रलाई राष्ट्रिय जनता पार्टीका महासचिव शिव प्रसाद पटेल, सहमहासचिव नेजामुदिन समानी, समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, नेपालि काँग्रेस पर्साका सचिव श्याम पटेल, नेकपा पर्साका नेता बसरुदिन अन्सारी, नेपाल फोटो पत्रकार महासंघ प्रदेश नं. २का अध्यक्ष राम सर्राफ लगायतका वक्ताले सधारण सभा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
पर्सामा नेपाल निर्माण व्यवसायी संघको नेतृत्वको विषयलाइ लिएर निर्माण व्यवसायीहरु दुइ गुटमा विभाजन भएका छन् ।संघका अध्यक्ष रमाकान्त चौरसीयको समुहले गत शुक्रबार वीरगन्जमा संघको १६ औं साधरणसभा तथा ११ औं अधिवेशन आयोजना गरेको थियो । तर संघका बहुमत पदाधिकारी र सदस्यहरुले अध्यक्षको कार्यशैली प्रति विरोध गर्दै बहिष्कार गरेपछि शुक्रबार उद्घाटन सत्र मात्रै गरि अधिवेशन भने स्थगीत भएको थियो ।आज असन्तुष्ट संघका प्रथम उपाध्यक्ष दिवकार पटेल सहितका बहुसंख्यक पदाधिकारी र सदस्यको समुहले छुटटै साधरणसभा गरेपछि संघ भित्रको विवाद छताछुल्ल भएको हो । अध्यक्ष चौरसीया र महासचिव सुरेश पटेलले अनियमित किसिमले सदस्यता वितरण गरेको, संघको बजेटमा अनियमितता गरेको , संस्थाको नविकरण नै नगरको भन्दै असन्तुष्ट ३ सय १४ सदस्यीय संघका बहुमत पदाधिकारी र सदस्यले आज छुटटै साधरणसभा गरेका हुन् ।साधरणसभामा पर्साका दुइ दर्जन निर्माण व्यवसायीहरुलाइ सघले दोशल्ला ओढाएर सम्मानीत पनि गरेको थियो