FAQs Complain Problems

आज बाट र्‍यापिड टेस्ट शुरु

बैशाख ४, २०७७

स्थानीय प्रशासनले शिल गरेको वीरगंज महानगरपालिका वडा नं. २ र त्यस वरपरको बस्तीमा आज देखि शुरु गरेको र्‍यापिड टेस्टमा आज २९० जनाको परीक्षण भएको छ। आज छपकैया घुसुकपुर टोलमा परीक्षण भएको थियो। सो कार्यमा १२ जना जनशक्ति खटेको  थियो।
 र्‍यापिड टेस्टको सम्पूर्ण जनशक्ति,व्यवस्थापन खर्च महानगरपालिकाले गरेको छ।  महानगरपालिकाकै स्वास्थ्य कर्मीले  र्‍यापिड टेस्ट गरेको हो।