FAQs Complain Problems

आवधिक विकास योजना तर्जुमा गोष्ठी सुरु

वीरगन्ज,२९ मंसिर । वीरगन्ज महानगपाललिकाको पूर्वधार विकासका लागि योजनातर्जुमा थालिएको छ । प्रदेश नं. २मा रहेको एक मात्र वीरगन्ज महानगरपालिकाको पाँच वर्ष भित्र गरिने पूर्वाधार विकासका लागि योजनातर्जुमा थालीएको हो ।
महानगरपालिकाले आइतबार वीरगन्जमा दुई दिने “आवधिक विकास योजना तर्जुमा कार्यशाला गोष्ठी”को आयोजना गरी विकास निर्माण सम्बन्धि योजना तर्जुमा थालेको हो ।
  महानगरका नगर प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा सुरु भएको कार्यशाला कार्यक्रमको उदेश्यबारे महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेत बस्नेतले जानकारी गराउनु भएको थियो ।
 गोष्ठी वीरगन्ज महानगरपालिकाका वडाअध्यक्ष, वडासदस्य,कर्मचारी तथा नागरिकसमाजका अगुवाहरुको सहभागीता रहेको गोष्ठीबाट सुशासन व्यवस्था, आर्थिक तथा समाजिक विकास, भौतिक पूर्वधार एवम् वन तथा वातरणीय संरक्षरक्षण लगायतका विषयमा छलफल भएको  महानरपालिका प्रमुख प्रसाशकिय अधिकृत उमेश बस्नेतले जानकारी दिनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षक डा. जगदिश चन्द्र पोखरेल, डा शेषरमण न्योपाने, महेश अर्याल र सुरेन्द्रवाग्लेले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुभएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले बताउनुभयो ।
कार्यक्रममा सहभागि रहेका जन प्रतिनिधी तथा कर्मचारीहरुलाई महानगरपालिकाको आवश्यक्ता, आय आर्जनका क्षेत्रको पहिचान, त्त्कालिन र दिगो आवस्यक पूर्वका निर्माण  विकासका वारे छलफल गरी योजनाहरुको तर्जुमा गर्ने बिषयमा गोष्ठीमा समुहगत छलफल भइरहेको गोष्ठीका सहभागीहरुले बताए ।  मंसिर ३० गते सम्म संचालन हुने छ ।