FAQs Complain Problems

नगर प्रमुख सरावगीद्धारा आँखा सिविर उदघाटन

वीरगन्ज,मंसिर १६
पर्सागढि नगरपालिकाको बगवानामा आयोजित निशुल्क आँखा शिबिरको उदघाटन वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगीले गर्नु भएको छ ।सोमबार  पर्साको पर्सागढि नगरपालिका २ बगवानामा आयोजित निशुल्क आखां उपचार शिबिरको उदघाटन नगर प्रमुख सरावगीले गर्नुभएको हो  । मेयर कल्याणकारी कोषद्धारा अभियानकै रुपमा  विभिन्न ठाउहरुमा  निशुल्क आँखा शिबिरको आयोजना हुदै आएको छ ।सोहि क्रममा चौथो  निशुल्क उपचार शिविरको आयोजना गरिएको हो ।   बगवानाको सामुदायिक भवनमा संचालित शिबीरमा ३ सय १० जनाले आँखाको (यउत) स्वस्थ्य परिक्षण गराएकोमा १ सय १३ जनामा मोतिया बिन्द फेला परेको  नगर प्रमुखका राजनैतिक सल्लाहकार मुकेश द्विबेदीले जानकारी गराउनु भयो ।
    मोतियाबिन्द फेला परेका रोगीहरुको शल्यक्रिया मंसिर २९ गते बिरगंज स्थित माटृका आई फाउन्डेसनमा , तिलगंगा आँखा अस्पतालका डाक्टरहरुको टोलिबाट गरिने मेयरको निजि सचिवालयले जनाएको छ ।
    शिबिर उदघाटन कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य  मोहन लाल चौधरी ,शशि कपुर मिया , सिपु तिवारी ,राजनीतिक सल्लाहकार मुकेश कुमार द्विवेदी, स्थानिय नेता बृजमोहन चौधरी , वडा अध्यक्ष सन्तोष तिवारि,समाजबादी पार्टी पर्सागढिका नगर अध्यक्ष खुर्सेद आलम,  सजन अग्रवाल, युवा नेता पिन्टु उपाध्या , अमोद यादव,केन्द्रिय पार्षद नन्दलाल राम, अनुज गुप्ता, विद्यार्थी नेता बिकास मेहता ,अजय साह, जादोलाल सहनि, छोटेलाल साह, , लागायत  नेता कर्याकर्ता तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियोे ।