FAQs Complain Problems

नगर प्रमुख सरावगीद्धारा आखा सिविर उदघाटन

वीरगन्ज,मंसिर २०
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पर्सागढि नगर पालिको ठ रघुनाथपुरमा आयोजित  निशुल्क आखा शिविरको उदघाटन गर्नुभएको छ ।  जयराजपुर स्कुलमा शुक्रबार आयोजित निशुल्क आखा शिविरको नगर प्रमुख सरावगीले उदघाटन गर्नुभएको हो । बिरगंज महानगरपालीका मेयर कल्याणकारी कोष र मतृका आइ फाउन्डेसन को सहयोगमा निशुल्क अँखा शिबिर आज संचालिन गरिएको छ।
     मेयर कल्याणकारी कोषद्धारा अभियानकै रुपमा  विभिन्न ठाउहरुमा  निशुल्क अाँखा शिबिरको आयोजना हुदै आएको छ ।सोहि क्रममा यो छैठौे  शिविरको आयोजना गरिएको हो । उक्त शिबीरमा आयोजित कार्यक्रममा  समाजबादी पार्टी का जिल्ला संयोजक रामनरेश यादव ,मेयरका राजनीतिक सल्लाहकार मुकेश कुमार द्विवेदी ,पर्सागढि वडा नम्बर ७  का वडा अध्यक्ष रामजी साह तेली ,पर्सागढि नगरपालिकाका समाजबादी पार्टीका नगरअध्यक्ष खुर्शेद आलम, स्थानिय नेता बृजमोहन चौधरी ,जितेन्द्र मिश्र , ध्रुब गिरि, नरेन्द्र पटेल, बहुदरमाइ समाजबादी पार्टी नगर अध्यक्ष सिङघासन साह तेलि,बिपिन यादव ,युवा नेता पिन्टु उपाध्याय ,अजय साह लगायतल नेता तथा कर्याकर्ताहरुको उपस्थिति रहेकोे थियोे । मतृका आइ फाउन्डेसन का डाक्टर महेश सिंह धामीले मोतियाबिन्दुको रोगीहरुको आंखा परिक्षण गर्नुभएको थियो ।
    मोतियाबिन्द फेला परेका रोगीहरुको मंसिर २९ गते देखि  बिरगंज स्थित माटृका आई फाउन्डेसनमा  तिलगंगा आँखा अस्पतालका डाक्टरहरुको टोलिले शैल्यक्रिया गर्ने नगर प्रमुखको निजि सचिवालयले जनाएको छ ।