FAQs Complain Problems

नगर प्रमुख सरावगीद्धारा मुस्कान खातुनलाई ३लाखको आर्थिक सहयोग प्रदान

वीरगन्ज,मंसिर २६
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई ३लाख रुपैया आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।काठमान्डौको किर्तीपुर स्थित बर्ण अस्पतालमा पुगेर नगर प्रमुख सरावगीले मुस्कान खातुनको परिवारलाई उपचारको लागी उक्त आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।वीरगन्ज महानगरपालिका कार्यालयद्धारा २लाख र नगर प्रमुख सरावगीको तलब भत्ताबाट १लाख रुपैयाको चेक नगर प्रमुख सरावगीले बिहिबार प्रदान गर्नुभएको हो ।मुस्कान खातुनलाई बुधबार अमेरिकन तथा नेपाली डाक्टरहरुको टोलीले  प्लास्टिक सर्जरि अपरेशन गरेको छ ।वीरगन्जको छपकैंया निवासी मुस्कान खातुन माथी एसिड आक्रमण गरेका कारण उनको उपचार तीन महिना देखि किर्तीपुर बर्ण अस्पतालमा  भइरहेको छ ।नगर प्रमुख सरावगी अपस्पतामा पुगेर आर्थिक सहयोग गर्नुका साथै उनलाई अस्पतालमा चाहिने आवश्यक व्यवस्थापन समेतको व्यवस्था मिलाउनु भएको छ ।मुस्कानलाई अझ आर्थिक सहयोगको अवश्यकता रहेकोले विभिन्न दाताहरुसंग कुरा चलिरहेको बताउदै नगर प्रमुख सरावगीले सबैलाइ इच्छुक संस्थाहरुलाई आर्थिक सहयोग गर्न अनुरोध समेत गर्नुभयो । काठमाण्डौंमा उपचारार्थ रहेकी मुस्कानको उपचारमा नगर प्रमुख सरावगी सुरुदेखि नै सक्रिय रहदै आउनु भएको छ ।