FAQs Complain Problems

प्रअको सरुवा स्कूलको शैक्षिक गुणस्तर सुधारका निम्ति – नगर प्रमुख

वीरगंज महानगरपालिका नगर प्रमुख श्री विजय कुमार सरावगीले महानगरको शैक्षिक गुणस्तर सुधार गर्न महानगर गम्भीर रहेको बताउनु भएको छ । सिद्धार्थ मा वि वीरगंजमा भवन उद्घाटन समारोहमा बोल्दै उहाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा विकासका निम्ति महानगरले एक वर्षको कुल बजेटको ४० प्रतिशत रकम  शिक्षा र स्वास्थ्यमा छुटयाएको बताउनु भयो । उहाले हालै गरेको ३९ जना सरकारी स्कूलका प्रअहरुको सरुवाको बारेमा बोल्दै भने–सरकारी स्कूलको भलाईकै लागि शिक्षक सरुवा भएको बताउनु भयो  ।
विद्यालयले आयोजना गरेको आठ कोठे भवन उद्घाटन कार्यक्रम र पढाई कार्याक्रमको प्रमुख आतिथिको रुपमा बोल्दै उहाकोे भनाइ रहेको थियो । मेयर सरावगीले आगामि दिनमा सिद्धार्थ माविमा १८ कोठा थप आवश्यक तथा सेमिनार हल आवश्यक रहेको बताउँदै त्यस्तो कार्यको लागि पनि वीरगंजका उद्योगी व्यवसायीसंग समन्वय गरी विद्यालयलाई सहयोगको लागि पहल गर्ने बताउनु भयो ।
 महानगरका सबै सरकारी विद्यालयमा छात्राहरुको लागि निशुल्क सेनेटरी प्याड, ई-हाजिरी, सिसिटिभी क्यामेरा लगायतको सुविधापनि विस्तारै उपलब्ध गराउने बताउनु भयो  । भवनमा ६० लाख शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र १२ लाख जन सहयोगबाट ७२ लाखको काम भएको विद्यालयका प्रधानाध्यापक राजेश पाण्डेले बताउनु भयो । भवन उद्घाटन कार्यक्रम पछि इजिआरपि कार्यक्रम अन्तर्गत विद्यालयमा शैक्षिक पढाई कार्यक्रम आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र संघाईको अध्यक्षतामा भएको कार्यक्रममा भएको कार्यक्रममा चन्दादाता तथा क्वेष्ट फर्मास्युटिकल्स प्रालिका निर्देशक पृथ्वी राज भण्डारी, शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख हरि राउत,नेपालशिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव, शिवश्रंकर पटेललउद्योगी सुरेश रुगंटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।