FAQs Complain Problems

प्रहरी कार्यालयमा ‘पहिलो उपचारकक्ष’को नगरप्रमुख सरावगीद्धारा उदघाटन

वीरगन्ज,मंसिर १६
जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबार देखि प्राथमिक स्वास्थ्य उपचार कक्ष संचालन गरिएको छ । नेपालमा प्रहरी कार्यालयमा पहिलो स्वास्थ्य कक्षको रुपमा सुरु भएको स्थास्थ्य केन्द्रको उदघाटन  बिरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले गर्नुभएको थियो ।वीरगन्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय र समुदाय प्रहरी सझेदारी अन्तर्गत प्रभु होस्पीटल तथा माटृका आई फाउन्डेसन को सहयोगमा सुरुभएको उक्त प्राथमिक उपचार कक्षको उदघाटन गर्दै नगर प्रमुख सरावगीले जनता र प्रहरी सबैले सेवादायी उपचार पाउने आशा व्यक्त गर्नुभयो ।उहाले जिल्ला प्रहरी कार्यालयमा सुरु भएको यो उपचार कक्षले जनता र प्रहरी बिचको  सम्बन्ध अझमैत्री रुपमा दरिलो हुने बताउनु भयो ।प्राथमिक उपचार हरेका जनताको अधिकार भएको बताउदै उहाले प्रहरी, र जिल्ला प्रहरी कार्यालयमा आउने सबै जनताले उचित उपचार पाउनको लागी महानगरपालिकाबाट दिनु पर्ने सहयोगको लागी आफु सधै त्यार रहेको नगर प्रमुख सरावगीको भनाइ समेत रहेको थियो । स्वास्थ्य उदघाटन काक्षको उदघाटन कार्यक्रमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक.सोमेन्द्र सिहं राठौर, प्रभु हस्पिटलका संचालक डा.मनोज गुप्ता  माट्रिका आई फाउण्डेशनका मेडिकल समोजक महेश सिहं धामी,पत्रकार महासंघ प्रदेश नं.२ का उपाअध्यक्ष के.सी लामिछाने,  सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगायतका व्यक्तिहरु बिशेष उपस्थिती रहेको थियो ।