FAQs Complain Problems

रेल्वे माविमा विद्युतिय हाजिरी र सिसिटिभी क्यामेरा जडान कार्यको उद्घाटन

वीरगंजको रेल्वे माध्यमिक विद्यालयमा आज देखि सिसिटिभी क्यामेराकोनिगरानीमा पठनपाठन शुरु भएको छ । वीरगञ्ज महानगरपालिकाका भित्र रहेको  १ सय वटै सामुदायिक विद्यालयमा विद्युतिय हाजिरी र सिसिटिभी क्यामेरा जडान गरिने भएको छ । वीरगञ्ज घण्टाघर स्थित रेल्वे माविमा विद्युतिय हाजिरी र सिसिटिभी क्यामेरा जडान कार्यको उद्घाटन गर्दै नगर प्रमखु सरावगीले त्यस्तो घोषणा गर्नुभएको हो। कार्यक्रमको उद्घाटन गर्दै वीरगंजका मेयर विजयकुमार सरावगीले महानगरको शिक्षालाई गुणस्तरीय बनाउन सबै समुदायीक बिद्यालयहरुमा यस्तो प्रविधि लागु भइरहेको बताउनु भएको थियो ।

इ-हाजिरीले  शिक्षकलाई थप जिम्मेवार बनाउछ भने सिसिटिभीले विद्यार्थी शिक्षकको क्रियाकलापलाई थप प्रभावकारी बनाउने विश्वास दिएको उहाले बताउनु भयो । सामुदायिक विद्यालयमा स्थानीय सरकारको निगरानी बढाउनका लागि तीन वर्ष भित्र वीरगञ्जका सबै सामुदायिक विद्यालयमा विद्युतिय हाजिरी र सिसिटिभी जडान भईसक्ने वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी गराउनु भयो  । छिट्टै १८ वटा माविमा काम अगाडी बढ्छ ।’ उहाले बताउदै उहाले  अर्को वर्ष निमावि र त्यसपछि प्राविमा पनि जडान गर्छौ ’भन्नु भयो । 
सामुदायिक विद्यालयमा जडान गरिएका सिसिटिभी क्यामेराको निगरानीका लागि महानगरपालिकामा सूचना तथा प्रविधि बिकाश शाखा अन्तर्गत निगरानी कक्ष निर्माण गरिएको बताउदै  उहाले  विद्युतिय हाजिरी र सिसिटिभी क्यामेराको जडानले शिक्षकलाई जिम्मेवार, सजग र सचेत बनाउने दावी गर्नुभयो ।
बालबालिका पसिनै पसिना भएर विद्यालयमा पढी रहेका छन्, खानेपानीको उचित व्यवस्थापन र शौचालयको व्यवस्था हुँदैन भने कसरी पढ्छन ? ’ उहोले भन्नु भयो‘त्यसको व्यवस्थापनका लागि सबै वडालाई भनेको छु, डिजिटल जमानामा डिजिटलमै जानुपर्छ, नीजि विद्यालयमा आकर्षण हुनुको कारण पनि यहि नै हो । प्रविधि मैत्री सँगसँगै सामुदायिक विद्यालयबाट स्तरीय शिक्षा आवश्यक छ ।’ 
नगर प्रमुख सरावगीले  पार्टी जिल्ला अध्यक्षहरु आफ्नो राजनैतिक पसल चलाउन विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष बन्नुले दुर्गाभय पुर्ण भएको बताउदै विद्यालयलाई राजनैतिकबाट मुक्त गराउने आफ्नो अभियान जारी रहेको बताउनु भयो ।

वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले आधुनिक प्रविधिले कुनैपनि ठाउँमा बसेर विद्यालय हेर्न सकिने अवस्था बनाएको बताउनु भयो । ‘ विद्युतिय हाजिरी र सिसिटीभी क्यामेरा जडान गर्न एउटा विद्यालयमा ३ लाख जति मात्रै खर्च भएको छ, एउटा सुपरभाईजर राख्दा त्यो भन्दा बढी नै लाग्ला’ उहोले भन्नु भयो ‘ प्रविधि मार्फत बिहानदेखि रातिसम्म विद्यालयमा हुने सबै गतिविधि थाहा हुने अवस्था बनेको छ ।’ प्रविधियुक्त भएर मात्रै नहुने यसको सदुपयोग गर्दै विद्यालयको शैक्षिक विकासमा सरोकारवाला सबै केन्द्रित हुनुपर्ने धारणा राख्नु भयो । 
कार्यक्रममा समाजवादी शिक्षक फोरमका केन्द्रीय अध्यक्ष बृजमोहन तिवारी,सिद्धार्थ माविका प्रअ राजेश पाण्डे, गया चौरसियालगायतको लगायतका वक्ताहरुले नेपालमै पहिलो पटक विद्यालयमा लागु भएको इलेक्टोनिक प्रविधिले विद्यालयको पठन पाठनको गुणस्तरीयतामा सुधार ल्याउने आशा समेत व्यक्त गर्नुभएको थियो । महानगरपालिकाले झण्डै ३ लाख रुपैयाँको लागतमा रेल्वे माविमा २८ वटा सिसिटिभी क्यामेरा जडान गरेको छ । 
रेल्वे माविमा महानगरपालिकाले यसवर्ष पूर्वाधार निर्माणका लागि १४ लाख दिनुको साथै ई–लाईब्रेरी स्थापना गर्न बजेट विनियोजन गरेको प्रधानाध्यापक दिनेश चौरसियाले महानगरपालिकालाई धन्यावाद समेत ज्ञापन गर्नुभएको थियो ।