FAQs Complain Problems

वीरगन्जमा अत्याधुनि डिजिटल लाइट जडान गरिने उज्यालो वीरगन्जको सपना पुरा हुने भो,नगर प्रमुख सरावगी

वीरगन्ज,पुस १०
महानगरलाई मुलुकमै नमुना सहरको रुपमा चिनाउन “उज्यालो बिरगंज अभियान “ संचालत गरिएको छ ।वीरगन्ज महानगरपालिका अन्र्तगत रहेका सबै चौकहरुका यसै बर्ष समय अनुसार प्रकाशमा आधारित सेंसरभएको स्वचालित स्वीचिगं सहितका टावर लाइटहरुको  निर्माण भइरहेका छन् ।चालु आर्थिक बर्षमा बिरगंज महानगरभित्र कुल १६हजार  बिजुली को पोलमा डिजिटल लाईट लगाइने योजना समेत रहेको  छ ।जसको लागि नेपाल बिधुत प्रधिकरण सङ्ग सम्झौता गरि हरेक पोलमा पाचौ तारको बिस्तार गरिने छ र अटोमेटिक स्विचीङ्ग सिस्टम जडान गरिने छ । जस अन्र्तगत उज्यालो हुने बितिकै लाईट आफ हुने र राति हुने बितिकै बति अन हुने,अत्याधुनि प्राविधक व्यस्था गरिएको छ । यो योजनाको  कुल खर्च २४ करोड रुपैयाको अनुमान गरिएकोे छ । जसमध्येको आधी पैसा वीरगन्ज महानगरपालिका र आधि  नेपाल सरकारले दिने भएको छ । अगामि दुई बर्ष भित्र पुरा गरिने  लक्ष्य रखिएको नगर प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो । नगर प्रमुख सरावगीले चुनाव घोषण पत्रको माध्यमबाट गरेको बाचा अनुसार उज्यालो बिरगन्जको महत्वकाक्षी योजना समयमै  पुरा गर्ने आफ्नो पुरा कोसिस रहने बताउनु भयो ।उक्त योजनमा संघीय सरकारद्धारा दिइने लागत रकमको स्वकृति आइसकेकोले उक्त कार्यलाई छिटै अगाडि बढाउने बताउनु भयो