FAQs Complain Problems

सर्वसहमतबाट महानगरपालिको समिक्षा गोष्ठीका निर्णयहरु पारित समन्वयात्क पक्षलाई अझ दरिलो बनाएर अगाडि बढिने छ, नगर प्रमुख सरावगी

वीरगन्ज,असोज २९
वीरगन्ज महानगरपालिकाको बार्षिक समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ ।वीरगन्जको  होटल पुजनमा सम्पन्न भएको गत आर्थिक बर्षको  समिक्षा गोष्ठी नगर प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा सम्मपन्न भएको छ ।गत आर्थिक बर्षमा भएको कार्यहरुको समबल पक्षलाई आउने समयमा अझ दरिलो रुपमा कार्यान्वयन गर्दैलैजाने तथा निर्बल पक्षहरुमा सुधार गर्दै अगाडि बढने निर्णय गर्दै उक्त समिक्षा बैठक सम्पन्न भएको हो ।समिक्षा बैठकमा बोल्दै नगर प्रमुख बिजय कुमार  सरावगीले वडाबाट हुने समाजिक बिकासका कार्यहरुमा जोड दिएमात्र महानगरपालिकाको मानव सुचकांक राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।उहाले वडा स्तरबाट हुने बार्षिक समाजि बिकासका कार्यहरुलाई अझ दरिलो बनाउनु पर्ने आवश्यकता रहको बताउनु  भयो ।नगर प्रमुख सरावगीले जन प्रतिनिधि तथा कर्मचारीहरु बिचको समन्वयात्क कार्यलाई दरिलो बनाउदै महानगरपालिकाका सबै  महाशाखाहरुको काम कार्यवाहिलाई अझ दरिलो रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको ।उहाले  सघं र प्रदेश सरकारसगंहरुबाट स्थानिय निकायले पाउने सहयोग एवम सहकार्य पुर्ण रुपले हुन नसकेको कारण स्थनिय निकायहरुमा निरासाको भावना सिर्जना भएको बताउनु  भयो ।कर्मचारी समायोजन पछि महानगरपालिका बाटहुन सक्ने कामकार्यवाहिलाई अझ दरिलो पार्न सहन हुने उहाको  भनाइ समेत रहेको थियो ।
महानगरपालिका अन्र्तगका ९बटै महाशाखा प्रमुखहरुको प्रस्तुत गरेका बार्षिक कार्यप्रगति माथि टिप्पणी तथा सुझावहरु प्रस्तुत गर्दै विशलेषक गणेश लाठ एवम बरिष्ठ पत्रकार जगदिश शर्माले करको दायरालाई फराकिलो पार्दै चालु आर्थिक बर्षमा महानगरपालिकाको आर्थिक आमदानि बढाउन सुझाव दिनु भएको थियो ।बिशलेषक लाठले एडिबिको नक्नशामा सुधार गर्दै नाला निर्माणको बहावलाई परिवर्तन गरे आदर्शनगरलाई डुबानको  समस्यालाई समाधान गर्ने  तर्फ पहल गर्न सुझाव दिनु भएको थियो ।उहाले ठुला बिकास योजनाका कार्यहरुलाई अझ पारदर्शि बनाउनुको साथै अनुगमको पक्षलाई अझ दरिलो बनाउनु पर्ने आवश्यकता रहेको सुझाव दिनु भएको थियो ।समिक्षा गोष्ठिमा बोल्दै बरिष्ठ पत्रकार जगदिश शर्माले करको दायरालाई बढाउदै अशुलि प्रक्रियालाई अझ मजबुत बनाउनु पर्ने सुझाल दिनु भएको थियो ।कार्यक्रममा महानगरपालिकाका प्रवक्ता सन्तोष तिवारी,वडा अध्यक्ष प्रदिप चौरसिया,कार्यपालिका सदस्य अरबिन्द गुप्ता,विभिन्न वडा अध्यक्षहरुले समिक्षा गोष्ठी पहिलो पटक आयोजन गरीएकोमा  प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतज्युलाई बिशेष धन्यवाद समेत व्यक्त गरेका थिए ।