FAQs Complain Problems

३० वर्षदेखि पुल नभएको रामवनमा पुलको उदघाटन पछि स्थानिय हर्षित, बन आसपासको गाउलाई पर्यटकिय रुपमा विकसित गर्ने :- नगर प्रमुख सरावगी

वीरगंजको  उत्तरी क्षेत्रको कुनामा पर्ने रामवनमा २० लाखको पुल निर्माण भइ सञ्चालनमा आएको  छ । वीरगंज महानगरको १८ लाख र १ लाख ९६ हजारको जनश्रमदान गरी कुल १९ लाख ९६ लाखको लागतमा उक्त पुल निर्माण भएको  हो ।वीरगंज महानगरपालिका वडा नं ३२ रामवन,शिवनगरमा निर्मित पुलको उद्घाटन वीरगंजका मेयर विजय कुमार सरावगीले  गरेपछि स्थानिय हर्षित भएका छन् । पुल उद्घाटन कार्यक्रममा बोल्दै उहाले पुलको निर्माण सम्पन्नताले आफु धेरै खुशी भएको बताउनु  भयो । उहाले भन्नुभयो,‘२० लाखको काम ३५ लाखको काम जस्तो देखिन्छ,अरु ठाउमा उपभोक्ता समितिले बजेट बाहेक  सय रुपैयाको पनि काममा लगानी गर्ने चलन नभएको गुनासो व्यक्त गर्नुभयो । उहाले   वीरगज महानगरले चालूु आर्थिक वर्षको साना ठुला गरी करिब ४ सय योजनामा सबै भन्दा रामवनको  पुल निर्माण समितीको काम गुणस्तरीय र राम्रो भएकोमा उपभपोक्ता समितिलाई धन्यावाद दिनु भयो । विगत ३० वर्षदेखि रामवन,शिवनगरका करिब २ सय जना घरपरिवारको मुख्य बाटोको रुपमा रामवन शिवनगरका बासिन्दाले प्रयोग गर्दै आएका थिए । उनीहरुले विगत लामो समयदेखि रामवनको खोल्सीमा कलर्भट पनि नहुदा स्थानीय बासिन्दाहरु पंचायती व्यवस्था देखि सास्ती खेप्दै  आएका थिए  भने वर्षातको समयमा उक्त क्षेत्रको आवगमन ठप्पप हुन्थ्यो ।महानगरले अगामि बजेटमा पनि रामवन, शिवनगरका बासिन्दाको लागि चाहिने योजना दिदै त्यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा पनि विकास गर्न  चाहेको मेयर सरावगीले आश्वासन दिएका थिए  । कलर्भट निर्माण उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमा महानगरका वरिष्ठ अधिकृत सुमन श्रेष्ठ, वडा नं ३२ का वडा अध्यक्ष रेयाज अहमद, मेयरका प्रेस सल्लाहकार गोविन्द देवकोटा,राजनीतिक सल्लाहका मुकेश दिवेदी,जितपुरसिमरा उपमहानगरका ३का वडा अध्यक्ष जगरनाथ घिमिरे,नेकपा नेता राजन पौडेललगायतको सहभागिता थियो ।